Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा व्यापारसंगै बाख्रापालन

स्याङ्जामा व्यापारसंगै बाख्रापालन

  • गोपाल जिटी
  • मंगलवार, फाल्गुण ३ २०७८


  • स्याङ्जामा व्यापारसंगै बाख्रापालन

    स्याङ्जा गल्याङका प्रतिष्ठित व्यापारीहरुलाई बाख्रापालन व्यावसायले तानेको छ । वर्षौंदेखि गल्याङ बजारमा व्यापार व्यावसाय गर्दै आएका गङ्गाप्रसाद र कुमार श्रेष्ठ बाख्रापालन व्यावसायमा आकर्षित भएका हुन् ।

    यसरी पछिल्लो समयमा स्याङ्जामा कृषि पेशाले एकपछि अर्को गर्दै गति लिन थालेको छ । कोरोना महामारीले पनि धेरै मानिसहरुलाई वैकल्पिक पेशाको खोजी गराएको हो  भने व्यावसायिक गन्तव्य कृषि पर्नेगरेको छ । वैदेशिक रोेजगारी होस् या स्वदेशमै गर्दै आएका कुनै जागिर या व्यापार, एकपछि अर्को गर्दै कृषिपेशातिर आकर्षित हुने क्रम बढ्दो छ । लामो समय व्यापार व्यवसाय गरेर पैसा खेलाउँदै आएकाहरुले पनि व्यावसायिक कृषि रोजाइमा पारेका छन् ।

    गल्याङका गङ्गाप्रसाद श्रेष्ठ र कुमार श्रेष्ठले २०७६ सालदेखि अञ्जली कृषि तथा बाख्रापालन फर्म सञ्चालन गरेका हुन् । गल्याङ ३ छर्तिमा रहेको उनिहरुको फर्ममा बाख्रासँगै स्थानीय जातका कुखुरा समेत रहेका छन् । ३५ वटा माउबाट सुरु गरिएको फर्ममा अहिले साना ठुला गरेर १ सय भन्दा बढी बाख्रा छन् भने झण्डै तीन सय स्थानीय कुखुरा छन् । उनिहरुको फर्म फस्टाएको देख्दा छिमेकीहरुलाई समेत लोभ्याएको छ ।

    थोरै लगानीबाट सुरु गर्न सकिने र मूल्यमा पनि गिरावट नआउने हुँदा बाख्रापालन रोजेको गङ्गाप्रसाद बताउँछन् । बोयरजातको बोका प्रयोग गरेर नश्ल सुधारमा लागेका अञ्जली फर्म साढे दुइ रोपनीमा बनाइएको छ ।

    कृषि व्यवसाय प्रवद्र्धनका लागि राज्यका निकायहरुले ल्याएका विभिन्न प्रोत्साहनका कार्यक्रममा अञ्जली फर्मले कृषि ज्ञानकेन्द्र स्याङ्जाबाट खोर निर्माणका लागि अनुदान पाएको छ । तर राज्यले दिने गरेको अनुदानमा भने पारदर्शिता र वास्तविक किसानहरु छनौट हुन नसकेको उनिहरुको गुनासो छ । आँपूmहरुलाई दिने भनेको उल्लेखित १ लाख ५० हजारमा जम्मा ९९ हजार ५ सय मात्रै प्राप्त गरेकाले राज्यले दिने अनुदान सबै किसानसम्म पुग्न नसकेको उनिहरुको भनाई छ ।

    अञ्जली फर्म सञ्चालक दुबैजना स्थानीय गल्याङ बजारका प्रतिष्ठित व्यापारीकारुपमा चिनिन्छन् । तर अहिले आएर कृषि फर्म सञ्चालन गरेर बाख्रा र स्थानीय कुखुरा पाल्न थालेका हुन् । कृषि र व्यापारमा भिन्नता छ तर कोरोना महामारीले व्यापारमा आएको मन्दीले वैकल्पिक पेशा खोजी गराएको हो उनिहरुलाई ।

    पहिला कृषि त्यसपछि जागिर र व्यापार भनिन्थ्यो । हामीसँग प्रसस्त जग्गा खाली छन् यिनै जग्गालाई उपयोग गरेर कृषिपेशा गर्ने हो भने पनि कमाई गर्न सकिने उनिहरुको विश्वास छ  । विदेशी भूमिमा जे काम पनि गर्न तयार हुने युवाहरु यहीँ आँप्mनै भूमिमा पेशाको सम्मान गरेर लाग्ने हो भने मनग्य आम्दानी गर्न सकिने गङ्गाको विश्वास छ । बाख्रा, कुखुरा, गाइ भैंसीपालन, तरकारी तथा फलफुल जे गरेपनि हुन्छ । आँप्mनो जमिन छैन भने भाडामा लिएर गरेपनि कृषि पेशामा घाटा खानुपर्दैन, आरामले कमाइ गर्न सकिन्छ र कृषि व्यवसायबाट कोही पनि पछुताउनु नपर्ने उनको तर्क छ ।


    20210731_111744.jpg

    images

    समयको माग अनुसारको पेशा अवलम्वन गर्ने क्रम र कृषिपेशा प्रतिको चेतना एवम् लहरसँगै सान्दर्भिक ठानेर यो पेशालाई अगाडि बढाउन लागेको कुमार श्रेष्ठ बताउँछन् । कुमार भन्छन्—कृषि क्षेत्रलाई उजागर गर्नुपर्छ, भन्ने उद्देश्यले पनि बाख्रापालनको थालनी गरेको हो । अरुको सामान विक्रि गर्दा प्रतिस्पर्दामा जानुपर्छ भने कृषिमा आँपूmले गरेको उत्पादन सहजरुपमा बिक्रि गर्न सकिन्छ र गर्व लाग्छ । यस अर्थमा पनि बाख्रा पाल्न लागेको कुमारले सुनाए ।

    उनिहरु भन्छन्—हामी अनुदानको पछि लागेर पनि हुँदैन । आँप्mनो लागि आँपैm गर्ने सोंचको विकास हुनुपर्छ । किनकि अर्काले दिएर कहिलेसम्म हुन्छ र ? आँप्mनो लागि आँपैmले गरेको जस्तो अरुले दिएकाले हुँदैन । अनुदानका नाममा नगदै दिनुभन्दा पनि कृषि कर्जा उपलव्ध गराइदियो भनेपनि सहयोग र अनुदान सम्झन्ुपर्छ । चर्को व्याजमा व्याङ्कीङ किस्ता तिर्नुभन्दा सस्तो व्याजमा कृषि कर्जा लिएर काम गर्दा धेरै राहत हुनुका साथै कृषि व्यवसाय प्रवद्र्धनमा टेवापुग्ने उनिहरुको बुझाई छ ।

    मंगलवार, फाल्गुण ३ २०७८०९:०४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend