फागुन ७, वालिङ । स्याङ्जा को वालिङमा “विद्यालयमा बाल साहित्य” कार्यक्रम गरिएको छ । लिलाधर÷खगिसरा पराजुली सेवा पुरस्कार कोष प्रवन्ध समितिद्वारा वालिङ ११ फेदिस्थित स्वरेक नमूना आवासीय स्कूलमा शनिबार “विद्यालयमा बाल साहित्य” कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीको इच्छा अनुसार उनीहरुका प्रतिभासमेत प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले समूगतरुपमा नृत्य, कथा तथा कविता वाचन गरेका थिए ।
कार्यक्रममा सह प्राध्यापक डा. अच्यूतशरण अर्यालले पछिल्लो समय प्रविधिको प्रयोगसँगै आँफ्नो परम्पराप्रति चासो कम हुँदै गएको बताउनुभयो । सह प्राध्यापक डा. अर्यालले प्रविधिको प्रयोगसँगै आँप्mनो परम्परालाई पनि सँगै लैजानुपर्नेमा जोड दिनुभयो । बाल मनोविज्ञान अनुसारको शिक्षण सिकाइले दक्ष र समयानुकुल जनशक्ति उत्पादन गर्न सकिनेमा ध्यान दिन उहाँको आग्रह छ । संस्कार, संस्कृति र परम्परा हाम्रो पहिचान भएकाले यसको निरन्तरता सहित आधुनिक शिक्षा प्रणाली अवलम्वन गर्न सकिने उहाँको भनाई छ । डा. अर्यालले बुद्धभूमिका हामी नेपालीहरुले बाल बालिकाहरुलाई प्रारम्भिक शिकाईदेखि नै ध्यान, ज्ञान र योग शिक्षालाई प्राथमिकता दिनुपर्ने व्यक्त गर्नुभयो । आधुनिक शिक्षा प्रणालीमा अग्रसर गराउने क्रममा आजका बाल बालिका आँप्mनो भाषा, साहित्य र परम्परा विमुख हुनु दुःखको कुरा भएको उल्लेख गर्दै डा. अर्यालले समयानुकुल शिक्षा र प्रविधिको प्रयोगसँगै नेपाली परम्परालाई पनि ध्यानदिन उहाँले आग्रह गर्नुभयो ।
यसका साथै “विद्यालयमा बाल साहित्य” कार्यक्रमलाई मासिक विभिन्न विद्यालयहरुमा सञ्चालन गरिने समेत सह प्राध्यापक डा. अर्यालले जानकारी गराउनुभयो ।
यसका साथै सिर्जना र सोध बाल पत्रिका “अक्षर” सहित विद्यार्थीहरुलाई पुरस्कार वितरण गएिको थियो भने गोपाल जिटीद्वारा प्रस्तुत बालगीतले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो ।