Logo

आइतवार, कार्तिक २ गते २०८३

images

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

  • PNN Times
  • बुधवार, फाल्गुण ११ २०७८


  • कलाकार जयनन्द लामाको निधन

    काठमाडौँ — कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको डीएसपी पाण्डेले बताएका छन् । डीएसपी पाण्डेका अनुसार खुट्टा गाडीमा शरीर घोप्टो परी टाउको भुईंमा जोतिएको अवस्थामा लामा मृत भेटिएका थिए । 

    images

    अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लैजाने तयारी भएको प्रहरीले जनाएको छ । उनले 'मनको बाँध', 'छक्कापञ्जा'लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।

    लामाले 'कलकत्ते काइँयो', 'चुईंचुईं चुइँकने जुत्ता', 'मूलाको चना'लगायतका चर्चित गीत गाएका छन् । 

    बुधवार, फाल्गुण ११ २०७८१२:३४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend