फागुन १५, पर्वत । पर्वतको पैयुँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पैयूँ गाउँपालिकाको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
निशुल्क शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण, सेतो पानी बग्ने रोगको उपचार, स्त्री रोग सम्बन्धी स्वास्थ्य परिक्षण, पन्त परिक्षण तथा उपचार, दाँत निकाल्ने र साधारण रोगको परिक्षण गरिएको शिविरको व्यवस्थापन संयोजक संगिता कार्कीले जानकारी दिनु भयो ।
शिविरबाट दक्षिण पर्वतका नागरिकलाई ठुलो सेवा पुगेको छ । विगतमा पनि समाजले यस्ता कार्यक्रमहरु गर्दै आएको र आगमी दिनमा पनि गर्ने अन्तराष्ट्रिय पर्वत समाजको नेपाल संयोजक मुना भुषालले बताउनु भयो ।

समाजले जलजला गाउँपालिका र पैयूँ गाउँपालिकामा निशुल्क शिविर संचालन गरेको हो । पैयूँमा ४ सय ७८ जनाले सेवा लिएका छन् । सामान्य चेकजाचको लागि पोखरा पाल्पा पुग्न पर्ने बाध्यता शिविरका कारण हटेको नागरिकहरुले बताएका छन ।
