Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना सङ्क्रमण

  • PNN Times
  • शनिवार, भाद्र २० २०७७


  • पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना सङ्क्रमण

    भदौ २० । काठमाण्डौ । बितेको २४ घण्टामा एक हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    १२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । 

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज काठमाण्डौ उपत्यकामा चार सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    उपत्यकाको काठमाण्डौमा तीन सय २६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    यस्तै आज एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना सङ्क्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् । 

    यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ८० पुगेको छ ।

    images

    #उज्याले अनलाईबाट

    शनिवार, भाद्र २० २०७७०६:०९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend