Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको पैयूँ -७ भोर्लेमा बर्थिङ सेन्टर स्थापना  

पर्वतको पैयूँ -७ भोर्लेमा बर्थिङ सेन्टर स्थापना  

  • PNN Times
  • आइतवार, फाल्गुण २२ २०७८


  • पर्वतको पैयूँ -७ भोर्लेमा बर्थिङ सेन्टर स्थापना  
    तस्बीर : मिन प्रसाद न्यौपाने 

    फागुन २२, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ७ भोर्लेमा बर्थिङ सेन्टरको सुरुवात गरिएको छ । आईतबार एक कार्यक्रम गरि बर्थिङ सेन्टरको सुरुवात  गरिएको हो । 

    बर्थिङ सेन्टरको पैयूँ  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने र पैयूँ गाउँपालिका वडा  नम्बर सातका वडा अध्यक्ष भिम बहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । 

    बर्थिङ सेन्टर उद्घाटन गर्दै  प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने बर्थिङ सेन्टर सुरु भएपछि गर्भवती महिलाको जाँच, सुरक्षित प्रसुती सेवा, सुत्केरी आमा र नवजात शिशुको सहज रुपमा पहुच पुग्ने  बताउनु भयो । साथै उहाँले गाउँपालिकाले अन्य वडामा समेत बर्थिङ सेन्टर स्थापना गर्ने बताउनु भयो ।

    images

    barthing1.jpg

    बर्थिङ सेन्टरको स्थापना पछि महिलाहरुलाई सामान्य चेक जाँच गर्नको लागि हातेमालो चोक अथवा वालिङ पुग्नु पर्ने बाध्यता हट्ने वडा अध्यक्ष भिम बहादुर गुरुङको भनाई छ । पहिला गर्भवति महिला चेक जाँच लगायत सबै उपचार गर्न वडा भन्दा बाहिर जानु पर्ने अवस्था थियो वडा अध्यक्ष गुरुङले भन्नु भयो अब वडाबाटै सेवा पाउने भएपछि त्यो बाध्यता हट्ने छ ।

    barthing2.jpg

    पैयूँ गाउँपालिका भित्र वडा नम्बर एक टकलाक, वडा नम्बर दुई त्रिवेणी र वडा नम्बर ४ हुवास गरि तिन ठाउँमा रहेको बर्थिङ सेन्टरबाट नागरिकले सेवा लिदै आएको र अब देखि भोर्लेबाट पनि सेवा लिन सक्ने पैयूँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूण्य प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

    न्यौपानले यस बर्थिङ सेन्टरबाट वडा नम्बर सातकावडा बासीले मात्र नभई वडा नम्बर छ सरौखोला र छिमेकी गाउँपालिका महाशिलाका नागरिकलाई समेत टेवा पुग्ने बताउनु भयो । पैयूँमा हाल सम्म सबै वडामा गरि ११ वटा स्वास्थ संस्था रहेका छन । बर्थिङ सेन्टरको स्थापना भए संगै स्थानिय नागरिकले खुसी ब्यक्त गरेका छन ।  

    आइतवार, फाल्गुण २२ २०७८०६:२८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend