Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा थप १ जनामा कोरोना पुष्टि

स्याङ्जामा थप १ जनामा कोरोना पुष्टि

  • PNN Times
  • शनिवार, भाद्र २० २०७७



  • भदौ २०, स्याङ्जा । स्याङ्जामा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. १ का ३८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमित देखिएको हो । ती पुरुष भारतबाट आई नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

    ती पुरुषलाई गल्याङको आईशोलेसनमा राखिएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या तीन सय १४ पुगेको छ । ३ सय ८ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ अव ४ जना आईशोलेसनमा रहेका छन ।

    images

    गल्याङका एक पुरुषसँंगै गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।

    बागलुङमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मी एक जना २९ वर्षीय पुरुष, तमानखोला गाउँपालिकामा एक जना २६ वर्षीय महिला र बडिगाड गाउँपालिकामा एक जना २७ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका प्रहरी काठमाडौंमा तालिम सम्पन्न गरी केहि दिन अगाडि बाग्लुङ आएका हुन् । उनी प्रहरीकै क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा राखिएको छ ।

    तमानखोला गाउँपालिकाकी २६ वर्षीय महिला भदौ १४ गते संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी र व्यवसायी महिलाको कन्ट्याक टे«सिङमा परेकी हुन् । संक्रमितको कन्ट्याक टे«सिङमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । बडिगाड गाउँपालिकाका संक्रमित भारतदेखि आइ क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन् ।

    शनिवार, भाद्र २० २०७७०७:४४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend