चैत ४, वालिङ । स्याङ्जाको वालिङमा पूर्वाधार विकास सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको सामाजिक विकास समितिको आयोजनामा होमस्टे विकास पूर्वाधार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वालिङ नगरप्रमुख दिलीपप्रताप खांणले होमस्टेको विकास गर्न सकियो भने पर्यटनको विकास हुने भन्दै योजनावद्ध तरिकाले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । जैविक उत्पादनहरु नै होमस्टेको विशेषता रहेकाले उत्पादनमा जोड दिनुपर्ने प्रमुख खांणले बताउनुभयो ।
होमस्टे सञ्चालन गर्दा आम्दानी आउने विषयमा खर्च गर्न उहाँको आग्रह छ । दीर्घकालिन योजना बनाउन आवश्यक रहेको भन्दै प्राविधिक ज्ञान पनि आवश्यक रहेको नगर प्रमुख खाँडको भनाई छ ।
कार्यक्रममा ११ होमस्टेका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
