Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

ट्राफिक सचेतनाका लागि पैयुँमा होर्डिङ बोर्ड

ट्राफिक सचेतनाका लागि पैयुँमा होर्डिङ बोर्ड

  • PNN Times
  • बिहिवार, चैत्र १० २०७८


  • ट्राफिक सचेतनाका लागि पैयुँमा होर्डिङ बोर्ड

    चैत्र १०,पैयूँ ।पर्वतको पैयुँमा होर्डिङ बोर्ड राखी ट्राफिक सचेतनालाई जोड दिइएको छ । पैयुँ गाउँपालिकाको विभिन्न स्थानमा ट्राफिक सचेतना सम्वन्धी जानकारी गराउनका लागि होर्डिङ बोर्ड राखिएको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय हुवासको समन्वय तथा आयोजनामा होर्डिङबोर्ड राखिएको हो ।
    होर्डिङबोर्डमा क्षमताभन्दा बढी यात्रु तथा सामान राखी गाडी नचलाऔं, विद्यालय तथा बजारक्षेत्रमा गति सीमित गरौं, ट्राफिक नियमको पालना गरौं, मापसे गरी सवारी साधन नचलाऔं लगायत उल्लेख गरिएको छ ।
    इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक लालबहादुर विकले होर्डिङबोर्ड राखेसँगै सवारी दुर्घटना न्युनिकरणका साथै सवारी चापसमेत कम हुने विश्वास व्यक्त गर्नुभयो ।
    चिसापानी, हातेमालोबजार, त्रिवेणी, अर्थुन, डु्ङ, जिरो, विसुनडाँडा, वहाकी भञ्ज्याङ लगायत विभिन्न घुम्ती तथा पुलहरुमा गरी २१ स्थानमा ट्राफिक सचेतना सम्वन्धी होर्डिङबोर्ड राखिएको हो ।
    हुवासस्थित गरिमा विकास बैंक, मेगा बैंक तथा कृषि विकास बैंकले होर्डिङ बोर्ड सौजन्य गरेका हुन् ।

    बिहिवार, चैत्र १० २०७८०८:१६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend