Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा एकै दिन २२ जनामा कोरोना संक्रमण

स्याङ्जामा एकै दिन २२ जनामा कोरोना संक्रमण

  • PNN Times
  • आइतवार, भाद्र २१ २०७७


  • स्याङ्जामा एकै दिन २२ जनामा कोरोना संक्रमण
     
    भदौ २१, स्याङ्जा । स्याङ्जामा आइतबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्याङ्जाको पुतलिबजार नगरपालिकाका २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । 
     
    पुतलिबजार नगरपालिकाका १ महिला र २१ पूरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना भाइरस समुदायमा फैलिए पछि निशेधाज्ञा जारी गरी नियन्त्रणमा आएको स्याङ्जामा पुन २२ जना थपिएपछि संक्रमणको संख्या बढेको हो ।
     
    यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या तीन सय  ३६ पुगेको छ । ३ सय ८ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको  छ । 

    आइतवार, भाद्र २१ २०७७१०:३०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend