बैशाख १९,वालिङ । स्याङ्जाको वालिङमा रहेको उपकार सहकारीले मृगौला पीडितका लागि राहत प्रदान गरेको छ । वालिङमा मुख्य कार्यालय रहेको सहकारीले वालिङ नगरपालिका वडा नम्वर ९ कि मृगौला पीडित डककुमारी गुरुङलाई राहत स्वरुप रुं १५ हजार प्रदान गरेको हो । विगत ४ वर्षदेखि मृगौलामा समस्या देखिएपछि औषधी खाँदै आउनु भएकी गुरुङलाई राहत स्वरुप रकम प्रदान गरिएको हो ।
सोमबार रकम हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष भरतप्रसाद बगालेले सहकारीले आँफ्ना शेयर सदस्यहरु मृगौला तथा क्यान्सरलगायत विभिन्न दीर्घरोग लागेकाका लागि कोष खडा गरेर राहत प्रदान गर्दै आएको बताउनुभयो । अध्यक्ष बगालेले शेयर सदस्यहरुको लागि ठूलो सहयोग गर्न नसके पनि दुःखमा थोरै भएपनि राहतको महसुस होस भन्ने हेतुले संस्थाले राहत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । शेयर सदस्यहरुको हरेक सुख दुःखमा संस्था साथमा रहँदै आएको भन्दै अध्यक्ष बगालेले महिलाहरुका लागि सुत्केरी भत्ता समेतको व्यवस्था गर्दै आएको व्यक्त गर्नुभयो ।
वालिङ, गल्याङ, भीरकोट, चापाकोट गरी चार नगरपालिका र कालीगण्डकी तथा बिरुवा गाउँपालिकाका साथै हरिनास गाउँपालिकाका केही भागसम्म कार्यक्षेत्र विस्तार गरिकेको छ ।२०५० सालमा स्थापना भएको सहकारीले वालिङ नगरपालिकाको वालिङ बजार,, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्र सञ्चालन गरिसकेको छ भने वालिङ ७ केवरेमा सदस्य सेवाकेन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।