जेष्ठ १३,भीरकोट । स्याङ्जाको भिरकोटमा प्याराग्लाडिङ दुर्घटनाभएको छ । भिरकोट ८ स्वरेकमैदानमा भएको प्याराग्लाइडिङ दुर्घटनाबाट एकजना घाइते भएका छ्न ।घाइते हुनेमा भिरकोट ८ कि लक्ष्मी अर्याल रहेकी छन ।शुक्रबार दिउँसो करिब १ बजे प्याराग्लाइडिङ सिक्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्याराग्लाईडिङ सिक्ने क्रममा अचानक खस्न गई घाईते भएको प्रहरिले जनाएको छ ।
घाइते अर्याललाइ दुर्घटनास्थलबाट उद्धार गरी उपचारको लागि प्रभू एयरको हेलिकप्टर द्धारा मेट्रोसिटी अस्पताल पोखरा पठाईएको छ । घाईतेको टाउको र खुट्टामा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरिले जनाएको छ ।