Logo

शनिवार, कार्तिक १ गते २०८३

images

टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

  • PNN Times
  • बुधवार, आषाढ ३१ २०८३


  • टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

    असार ३१, काठमाडौं । नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो ।

    आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । नेपाल पनि यही समूहमा परेकाले उसले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन ।

    images

    नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै यात्रा टुंग्याएको थियो । त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो।

    ग्लोबल छनोटमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

    ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली र समग्रमा उत्कृष्ट थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले यसका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ ।

    यसअघि विश्वकप छनोटका लागि एसिया-इएपी, युरोपियन, अमेरिकन र अफ्रिकन छनोट हुँदै आएकोमा ग्लोबल छनोट फेरि ब्युँतिएको हो । 

     

    बुधवार, आषाढ ३१ २०८३०४:३९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend