Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवामा सम्पन्न नवौं अध्यक्ष कपको पुरुष भलिबलको उपाधी ६ नम्वरले जित्यो

बिरुवामा सम्पन्न नवौं अध्यक्ष कपको पुरुष भलिबलको उपाधी ६ नम्वरले जित्यो

  • PNN Times
  • मंगलवार, बैशाख १५ २०८३


  • बिरुवामा सम्पन्न नवौं अध्यक्ष कपको पुरुष भलिबलको उपाधी ६ नम्वरले जित्यो

    वैशाख १५, वालिङ ।
    स्याङ्जाको बिरुवा गाउँपालिकाले नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । स्थानीय खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको सहआयोजनामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०८३ सञ्चालन गरिएको थियो । 

    वैशाख ११ देखि १३ सम्म सञ्चालन गर्ने कार्यक्रम वर्षाका कारण १४ गते सोमबार सम्पन्न गरिएको हो ।  बिरुवा १ स्थित बगरको चौरमा ११ गते शुक्रबारदेखि सञ्चालित नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता १३ गते पानी परेपछि स्थगित भएको थियो भने पुरुष भलिबलको फाइनल खेल सहित सोमबार सम्पन्न भएको हो ।

    images

    सम्पन्न नवौं अध्यक्ष कपमा पुरुष भलिबलको उपाधी ६ नम्वर वडाले जितेको छ । यसैगरी वडा नम्वर ४ ले दोस्रो स्थानमा चित्त बुझाएको छ भने ७ नम्वर वडा तेस्रो र ८ नम्वर चौथो भएका छन् । योसँगै प्रथम, द्वितीय र तृतीय हुनेले नगद रु.८० हजार, ५५ हजार र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यस्तै महिला भलिबलमा ७ नम्वर वडाको टीम प्रथम भयो भने ४ र २ ले क्रमशः द्वितीय र तृतीय भए । योसँगै महिला तर्फका प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमशः रु.५० हजार, ३० हजार र २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    पुरुष भलिबलको भेट्रान्स खेलमा ८ नम्वरको टीम विजेता बन्न सफल भयो भने २ नम्वर उपविजेत भयो । योसँगै भेट्रान्सका विजेता र उपविजेताले क्रमशः रु.१५ र १० हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुष व्याडमिन्टनमा २ नम्वर वडा प्रथम र ७ नम्वर द्वितीय एवम् ७ र ४ नम्वरको टीम तृतीय भए । पुरुष व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः२०, १२ र ८ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत भए ।

    यस्तै महिला तर्फ वडा नम्वर १ र ८ प्रथम र द्वितीय भए भने ७ को दुई टीम तृतीय भए । योसँगै रु.७, ५ र ३ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी नवौं अध्यक्ष कपमा पछिल्लो समय लोप हुँदै गएको ठेलो (सर्टपुट) खेललाई पनि समावेस गरिएको थियो । ठेलो तर्फ ६ नम्वर वडाका डुटिक थापाले प्रथम स्थान हासिल गरे भने ४ नम्वर वडाका सहवीर थापा द्वितीय भए । ६ नम्वर वडाकै इश्वर थापा तृतीय भए । योसँगै प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु.५,३ र २ हजार नगदका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    योसँगै बिरुवा गाउँपालिकाले २०७४ देखि गर्दै आएको अध्यक्ष कपको नवौं संस्करणको प्रतियोगिता भव्यरुपमा सम्पन्न गरेको छ ।

    मंगलवार, बैशाख १५ २०८३१२:०८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend