Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फाइनलका खेलहरुसँगै बिरुवामा सञ्चालित अध्यक्ष कप आज समापन हुँदै

फाइनलका खेलहरुसँगै बिरुवामा सञ्चालित अध्यक्ष कप आज समापन हुँदै

  • PNN Times
  • आइतवार, बैशाख १३ २०८३


  • फाइनलका खेलहरुसँगै बिरुवामा सञ्चालित अध्यक्ष कप आज समापन हुँदै


    स्याङ्जाको बिरुवा गाउँपालिकामा ११ गते शुक्रबारदेखि सञ्चालित नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । स्थानीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भलिबल लगायत फाइनल खेलहरु सहित नवौं अध्यक्ष कप–२०८३ आज समापन हुने भएको हो ।

    अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा वडा नम्वर ४ र ६ बीच फाइनल खेल हुनेछ ।
    पुरुष भलिबल खेलको आज दोस्रो दिन भएको सेमिफाइनल प्रतिष्पर्धाबाट वडा नम्वर ४ र ६ फाइनलमा पुगेका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा ७ र ४ नम्वर वडाबीच प्रतिष्पर्धा भएको थियो । निकै प्रतिष्पर्धात्मक रहेको खेलमा १९–२५ अङ्कसहित पहिलो सेटमा ७ नम्वर वडाले जीत निकालेको थियो । तर दोस्रो र तेस्रो सेटमा लगातार २१–२५ र २४–२६ को जीत निकाल्दै ४ ले फाइनलको यात्रा तय गरेको हो ।

    images

    यसैगरी ६ र ८ नम्वर बीच भएको सेमिफाइनल खेलमा ६ ले लगातार २ सेटमा जीत निकाल्दै फाइनलमा पुगेको हो । ६ ले ८ लाई लगातार २५–१८ र २५–१९ को जीत निकालेको थियो । महिलातर्फको खेलमा ४ र ७ नम्वर वडाका टीम फाइनलमा पुगेका आयोजकले जानकारी दिएको छ ।

    व्याडमिन्टनको भने सबै खेल सकिएको आयोजकले जनाएको छ । व्याडमिन्टनमा १ नम्वर वडाको टीमले प्रथम स्थान हासिल गरेको छ । यसैगरी ८ नम्वर द्वितीय र ७ को दुई टिम तृतीय भएका छन् ।

    पुरुष भलिबल तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद रु.८० हजार, ५५ हजार र ३० हजार प्राप्त गर्नेछन् । यसैगरी महिला भलिबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने टीमले ५० हजार, ३० हजार र २० हजार नगद सहित पुरस्कृत गरिने छ । 

    पुरुष व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः२०, १२ र ८ हजार नगद सहित पुरस्कृत गरिने छ भने महिला तर्फ क्रमशःरु.७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तैगरी भेट्रान्स भलिबलमा प्रथम र द्वितीय हुनेले रु.१५ र १० हजार नगद प्राप्त गर्नेछन् भने सटपुटतर्फः प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु.५ हजार, ३ हजार र २ हजार नगद एवम् साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    समापन कार्यक्रममा सार्वजनिक लेखा समिति सभापति एवम् गण्डकी प्रदेशसभा सदस्य माननीय सुधिरकुमार पौडेलको प्रमुख आतिथ्यता रहने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए ।

    आइतवार, बैशाख १३ २०८३०६:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend