Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा जारी श्याम स्मृति फुटवलको भोलि ३१ गते सेमिफाइनलका खेल हुने

वालिङमा जारी श्याम स्मृति फुटवलको भोलि ३१ गते सेमिफाइनलका खेल हुने

  • PNN Times
  • शनिवार, जेठ ३० २०८३


  • वालिङमा जारी श्याम स्मृति फुटवलको भोलि ३१ गते सेमिफाइनलका खेल हुने

    स्याङ्जाको वालिङमा जारी श्याम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरण सम्पन्न भएको छ । शनिबार सम्पन्न दुई खेलसँगै सेमिफाइनलको समीकरण पूरा भएको आयोजकले जनाएको छ ।
    पहिलो क्वाटरफाइनल खेलमा भकुण्डे युवा क्लब र स्याङ्जा युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । खेलमा स्याङ्जा युवा क्लबले भकुण्डे युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । स्याङ्जाको जीतमा राजकुमार कुँवरले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे ।
    त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा न्यू युनाइटेड युथ क्लब, पाल्पा र ट्रिनिटी युवा क्लब, वालिङबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ट्रिनिटीले पाल्पालाई ३–१ गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो ।
    क्वाटरफाइनल चरण सम्पन्न भएसँगै अब प्रतियोगिताको सेमिफाइनल खेल भोलि आइतबार सञ्चालन हुनेछ । 
    पहिलो सेमिफाइनल खेल दिउँसो १ बजे आयोजक वालिङ युवा क्लब र स्याङ्जा युवा क्लबबीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल दिउँसो ४ बजे ट्रिनिटी युवा क्लब, वालिङ र रामबाच्छा युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।
    प्रतियोगिता थप रोमाञ्चक बन्दै जाँदा उपाधि दाबेदार टोलीहरूबीचको प्रतिस्पर्धाले दर्शकको उत्साह समेत बढाएको छ ।
    प्रतियोगिताका विजेताले नगद रु.१ लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेता हुने टीमले नगद रु.५० हजारको साथमाट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 
    फुटबल खेल प्रतियोगितामा खेलप्रेमी दर्शकहरूको उल्लेख्यरुपमा उपस्थिति रहेको छ ।
    वालिङ खेलमैदानमा भएको श्याम स्मृति खुल्ला फुटबल प्रतियोगितामा स्याङ्जा सहित पाल्पा र पर्वतका गरी १० टिमको सहभागिता रहेको थियो ।

    शनिवार, जेठ ३० २०८३०७:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend