Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा रक्तदान, ७१ युनिट रगत सँकलन

वालिङमा रक्तदान, ७१ युनिट रगत सँकलन

  • PNN Times
  • शनिवार, जेठ १४ २०७९


  • वालिङमा रक्तदान, ७१ युनिट रगत सँकलन

    जेठ १४, वालिङ । स्याङ्जाको वालिङमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडद्वारा रक्तदान गरी कार्यक्रमको सुभारम्भ गरिएको हो ।

    योसँगै नगर प्रमुख खाँडले ४३ औं पटक रक्तदान गर्नुभएको छ । रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ७१ युनिट रगत सँकलन भएको क्लवका अध्यक्ष युवराज पाठकले जानकारी गराउनुभयो । “रक्तदान जीवनदान” भन्ने नाराका साथ क्लबले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फुलबारीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    images

    rotali 1.jpg

    गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रीय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रगतको अभाव भईरहेको विषम परिस्थितिमा धेरै भन्दा धेरै रक्त संंकलन गरी अस्पतालमा मृत्युसंँग लडिरहेका विरामीहरुलाई पुनर्जीवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लवले जनाएको छ । कार्यक्रममा नगर प्रमुख खाँडलाई क्लवद्वारा सम्मानसमेत गरिएको थियो ।

    शनिवार, जेठ १४ २०७९०८:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend