Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङका जनप्रतिनिधिलाई कानुन निर्माण सम्बन्धी अभिमुखीकरण तालिम 

वालिङका जनप्रतिनिधिलाई कानुन निर्माण सम्बन्धी अभिमुखीकरण तालिम 

  • सन्देश भण्डारी
  • बुधवार, जेठ २५ २०७९


  • वालिङका जनप्रतिनिधिलाई कानुन निर्माण सम्बन्धी अभिमुखीकरण तालिम 

    २५ जेष्ठ,वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकामा सुशासन र कानून निर्माणमा नगरपालिकाको प्रभावकारी भूमिका विषयमा  अन्तरक्रिया गरिएको छ ।  वालिङ नगरपालिका, नेपाल कानून समाज र द एशिया फाउण्डेशन (TAF) द्वारा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो । 
    वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुशासन र कानुन निर्माणमा नगरपालिकाको प्रभावकारी भुमिका विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान उप–प्रमुख कल्पना तिवारीले वालिङ नगरपालिकाले आफुहरु निर्वाचित भइसके पछि कानुन निर्माणमा धेरै समय प्रदान गरी वालिङ नगरपालिकालाई आवश्यक कानुन निर्माण गरेको उल्लेख गर्नुभयो ।
    उहाँले जनप्रतिनिधिलाई सही मार्गमा हिँडाउन तथा स्थानीय तहको विकासको लागि कानुनी व्यवस्था बलियो हुनुपर्ने बताउनुभयो ।निवर्तमान उपप्रमुख तिवारीले कानुन निर्माण गर्दा नागरिकलाई सहज तथा जनतासंग प्रत्यक्ष सरोकार राख्ने गरी ऐन कानुन बनाउनुपर्ने बताउनुभयो । 
    दुई दिन सम्म चलेको अन्तरक्रिया कार्यक्रममा पहिलो दिन वालिङ नगरपालिकाको सुशासन र कानून निर्माणमा चूनौती र अवसरहरुको बारेमा वालिङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत श्री राजन भट्टाराईले  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहको काम,कर्तव्य र अधिकार तथा कार्य सम्पादन विधिको बारेमा छलफल गरिएको छ । स्थानीय तहलाई कानुनतः स्वतन्त्र र निश्पक्ष बनाउन आवश्यकीय पक्षको बारेमा जनप्रतिनिधिबीच छलफल गरिएको थियो ।
    कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीले नेपालको संघीय संरचना, अवधारण अभ्यास र कानुन निर्माण गर्ने सक्षमता सम्वन्धी वरिष्ठ अधिवता खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । स्थानीय तहमा कानुन निर्माण तथा विधायन तर्जुृमा निर्देशिका सम्बन्धी पूर्व कानुन सचिव माधव पौडेलेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहको बजेट,राजस्व, वित्तिय व्यवस्था तथा आर्थिक कार्य प्रणालीका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव रमेशलाल कंडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
    प्रत्यायोजित विधायन सिद्धान्त र अभ्यास तथा तर्जुमा खिमलाल देवकोटा, प्रशिक्षण कार्यक्रम समिक्षा र मूल्याङ्कनमा बरिष्ठ कार्यक्रम अधिकृत नेपाल कानुन समाजका गणेशमान प्रधान  र नागरिक संबाद केन्द्रका प्रमुख जुना कुमारी गुरुङ तथा विधायन तर्जुमा, संरचन, ढाँचा र स्वरुप विषयमा  माधव पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तक्र्रिया कार्यक्रममा स्थानीय निकाय सवलीकरणबारे  द एशिया फाउण्डेशनले सहजीकरण गरेको थियो ।


    बुधवार, जेठ २५ २०७९०४:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend