असार १२, पर्वत । पर्वतको पैयूँमा रोग लाग्नु भन्दा पहिले रोग पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पैयूँ गाउँपालिकाको समन्वय र हुवास स्वास्थ्य चौकीको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
शिविरमा अन्ष्टेट्रिक फिस्टुला र पाठेर खस्ने समस्याको स्क्रिनिङ्ग,पाठेघरको मुखको क्यान्सरको जाँच लगायत स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरबाट एक सय एक जना जना महिलाहरुले सेवा लिएको हुवास स्वास्थ्य चौकीका प्रमखु देवी भुर्तेलले जानकारी दिनु भयो ।
शिविरको समापन गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले पैयूँका नागरिकको स्वास्थ्यलाई मध्य नजर गर्दै जिल्ला स्वास्थ्य कार्यालयले शिविर आयोजना गरेकोमा आभार प्रकट गर्नु भयो । साथै उहाँले आगामी दिनमा पैयूँ गाउँपाकिाले अर्धवार्षिक रुपमा सातै वटा वडामा विशेषज्ञ सहितको टोलि पुगरे स्वास्थ्य शिविर गर्ने बताउनु भयो ।

महिला दिदी बहिनिहरुले रोगलाई लुकाउने भएकाले पनि स्वास्थ्यमा समस्या देखिने भएका कारण सचेतनाका कार्यक्रम गरि सोचमा परिवर्तन ल्याउन यस्ता कार्याक्रम गर्न आवश्यक रहेको पैयूँ गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष टुकलाल न्यौपानेले बताउनु भयो ।
साथै शिविर समापन कार्याक्रममा डा. डिबी क्षेत्रीले पैयूँमा सुविधा सम्पन्न अस्पताल गराउन सकेमा यहाँका नागरिकलाई सेवा पुग्नेमा जोड दिनु भयो । हाल सम्म पैयूँमा एउटा अस्पताल पनि नभएको कारण उपचारको लागि वालिङ पोखरा जान बाध्य हुनु दुखद कुरा रहेको क्षेत्रीले बताउनु भयो ।
पैयूँमा हाल १० शैयाको अस्पताल निर्माण हुने क्रममा रहेको छ ।
