Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आँखा शिबिर सम्पन्न सम्पन्न

आँखा शिबिर सम्पन्न सम्पन्न

  • PNN Times
  • शनिवार, श्रावण ७ २०७९


  • आँखा शिबिर सम्पन्न सम्पन्न
    मणी अर्याल
    श्रावण ७,वालिङ । स्याङ्जाको वालिङमा आँखा शिविर सम्पन्न भएको छ ।
    वालिङ नगरपालिका १४ डुम्रे भञ्ज्याङमा पहिलो  चरणको आँखा शिबिर सम्पन्न भएको हो ।
    शिविरको उद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नागरिकको स्वास्थ्यलाई सहज पहुँचका लागि योजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठुलो धन भएकोले स्वास्थ्य सेवा विस्तारमा नगरले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।
    नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको बताउदै ग्रामिण क्षेत्रका नागरिकलाइ सहज सेवा पु¥याउन हरेक वडामा शिविर सन्चालन गरेको जानकारी दिनुभयो ।
     
    वालिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कमल पान्डेले नगरपालिकाले विगतका समयदेखि नै विभिन्न शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रदान गरेको उल्लेख गर्दै चालू आर्थिक वर्षको सुरुवातमा वालिङका तीन स्थानमा आँखा जाँच शिविर सञ्चालन गरिने जानकारी दिनुभयो ।उहाले वालिङ नगरपालिका वडा नं ४ एलादी र वडा नं ८ गह्रौ वालिङ अस्पतालमा शिविर सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
    हिमालयम आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग तथा वालिङ नगरपालिकाको व्यवस्थापनमा गरिएको शिबिरमा २ सय ५० जनाले आँखा जाँच गराएको आयोजकले जानकारी दिएको छ ।

    शनिवार, श्रावण ७ २०७९०७:४७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend