भदौ २६, पर्वत । पर्वतमा पहिलो पटक समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ का ६८ वर्षिय बृद्ध र वडा नम्बर ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतको कोरोना संक्रमण हुनेको संख्या १ सय १२ पुगेको छ । हालसम्म १ सय ३ जना उपचारपछि निको भएर फर्किसकेका छन् भने अहिले ९ जनाको आईशोलेशन अस्पतालमा उपचार भैरहेको छ ।
