पर्वत । पर्वतको विहादी गाउँपालिकाका उपाध्यक्ष मिना तिवारी नागरिकको स्वास्थ्य परिक्षण गर्न आफै फिल्डमा खटिनु भएको छ ।
विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्नु भएकी उपाध्यक्ष तिवारीले वडामा गएर नागरिकको स्वास्थ्य परिक्षण गर्न सुरु गर्नुभएको हो । नागरिको स्वास्थ्य परिक्षणसंगै पालिकाले नागरिकलाई सामाजिक सुरक्षा भत्ता समेत वडाबाटै वितरण गर्दै आएको छ ।
सामाजिक सुरक्षाभत्ता वितरण गर्दा भत्ता लिन आउनेहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्नको लागि आफुहरुले निशुल्क स्वास्थ्य शिविर सुरु गरेको उपाध्यक्ष तिवराीले जानकारी दिनु भयो ।

साथै उपाध्यक्ष तिवारीले आफु जनप्रतिनिधि मात्र नभई स्वास्थ्य कर्मी भएर नागरिको सेवा गर्ने समेत बताउनु भयो ।