Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समुदायमा कोरोना संक्रमण देखिएपछि पर्वत सदरमुकाम शिल 

समुदायमा कोरोना संक्रमण देखिएपछि पर्वत सदरमुकाम शिल 

  • PNN Times
  • शुक्रवार, भाद्र २६ २०७७


  • समुदायमा कोरोना संक्रमण देखिएपछि पर्वत सदरमुकाम शिल 

    महेन्द्र जिसी । 

    भदौ २६, पर्वत । पर्वतमा समुदायमा पहीलो पटक  कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि जिल्ला सदरमुकाम कुश्माबजार सिल गरिने भएको छ ।

    images

    शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी असोज ३ गते सम्मलाई कुश्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ शिल गर्ने निणर्य भएको जिल्ला प्रशासन पर्वतले सुचना मार्फत जानकारी दिएको छ ।  अत्यावश्यक काम बाहेक अन्य सवैजसो सेवा बन्द गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । शुक्रबार समुदायकै २ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि डिसिसिएमसीले शिल गर्ने निणर्य गरेको हो । 

    क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका वडा नं। ३ का ६८ वर्षिय बृद्ध र  करश्मा नगर पालिका वडा नम्बर ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको हो । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको भनिएपनि उनिहरु समुदायवाट स्वाब संकलन गर्ने क्रममा संक्रमित भेटिएका हुन् । 

    यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । १ सय ३ जना उपचारपछि घर  फर्किसकेका छन् भने ९ जनाको  आइशोलेशनमा रहेका छन । 

    शुक्रवार, भाद्र २६ २०७७०३:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend