Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयुँमा बाढीले पक्की कलवर्ट बगायो 

पैयुँमा बाढीले पक्की कलवर्ट बगायो 

  • निर्भीक नारायण भुर्तेल
  • शुक्रवार, भाद्र २६ २०७७


  • पैयुँमा बाढीले पक्की कलवर्ट बगायो 
    भदौ २६, पैयुँ । पर्वतको पैयुँमा बाढीले कलवर्ट बगाएको छ । बिहिबार राती परेको अविरल वर्षाका कारण मर्दिखोलामा आएको बाढीले पक्की कलवर्ट बगाएको हो ।
     
    पैयुँ गाउँपालिका वडा नम्बर ४ हातेमालो चोक हुदै त्रिवेणी जाने मुख्य सडक खण्डमा पर्ने मर्दिखोलमा रहेको कलवर्ट बगाउदा पैयुँ र बिहादी गाउँपालिका नागरीकलाई आवत जावत गर्न समस्या हुने भएको छ ।
     
    कलवर्ट बगाएको कारण नागरीकलाई आवत जावत गर्न गाह्रो भएको र गाउँपालिकासंग सहकार्य गरेर नागरीकलाई आवत जावत गर्न सक्ने गरी काम गर्न पहल भइरहेको पैयुँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठले पैयुँ पोष्टलाई जानकारी दिनु भयो । साथै वडा ४ आरन टोल मा पनि ४ वटा घर समेत पहिरोले बगाएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  
     
    यो पनि पढ्नुहोस 
    अविरल वर्षाका कारण पैयुँमा सडक अवरुद्ध

    तस्बिर : मिन प्रसाद न्यौपाने 

    2.jpg

    images

    3.jpg

    शुक्रवार, भाद्र २६ २०७७०४:३३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend