Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कोरोना संक्रमित स्याङ्जाका एक जनाको मृत्यु, मृतकका छोरालाई समेत कोरोना संक्रमण

कोरोना संक्रमित स्याङ्जाका एक जनाको मृत्यु, मृतकका छोरालाई समेत कोरोना संक्रमण

  • PNN Times
  • शनिवार, भाद्र २७ २०७७


  • कोरोना संक्रमित  स्याङ्जाका एक जनाको मृत्यु, मृतकका छोरालाई समेत कोरोना संक्रमण

    भदौ २७ । 
    कोरोना भाइरस संक्रमित स्याङ्जाका एक जनाको मृत्यु भएको छ । स्याङ्जा पुतलिबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पूरुषको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा सनिबार विहान ६ बजे मृत्यु भएको अस्पताले जनाएको छ ।उनको  भदौ २४ गते कोरोना भाईरस संक्रमण पुष्टी भएको थियो । यो संगै कोरोनाका कारण स्याङ्जामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    images

    उपचारको क्रममा हेरचाह गर्न गएका उनको छोरालाई समेत भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले  जानकारी दिए । संक्रमित छोरालाई स्याङ्जाको भिरकोट नगरपालिकाको हेलु स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको शर्माले बताए । 

    शनिवार, भाद्र २७ २०७७१०:०८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend