Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना संक्रमण

  • PNN Times
  • आइतवार, भाद्र २८ २०७७


  • पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना संक्रमण
     
    भदौ २८, काठमाण्डौ । ८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।  देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
    यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।  देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

    यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७र२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४र१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

    नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७र७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४र४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३र३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २र२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १र१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
    #अनलाईन खबरबाट 

    आइतवार, भाद्र २८ २०७७०७:५०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend