Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा रेबिज सप्ताह सुरु

वालिङमा रेबिज सप्ताह सुरु

  • मोहन सुनार
  • बिहिवार, आश्विन ६ २०७९


  • वालिङमा रेबिज सप्ताह सुरु

    असोज ६,वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकामा रेबिज सप्ताह सुरु भएको छ । ‘एक स्वास्थ्यको अवलम्बन, रेविजबाट शून्य निधन’ भन्ने नाराका साथ रेविज सप्ताह–२०७९ सुरु भएको हो  ।
    रेबिज संक्रमणबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्यका साथ रेबिज सप्ताह सुरु भएको नगरपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको खोप दिइने पशु शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले बताउनुभयो । 
    पछिल्लो समयमा सौन्दर्य प्रयोजन तथा घरको सुरक्षाको लागि कुकुर,बिरालो पाल्नेहरुको संख्या बढ्दै गइरहेको अवस्थामा रेविज संक्रमणको जोखिम पनि बढ्दै गइरहेको शाखा प्रमुख अधिकारीको भनाई छ । रेविज संक्रमणबाट बच्न पाल्तु जनावरहरुलाई रेविज विरुद्धको खोप अनिवार्य रहेको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
    असोज ६ गतेबाट सुरु भएको कार्यक्रम एक हप्तासम्म चल्नेछ ।

    बिहिवार, आश्विन ६ २०७९०३:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend