Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

डिजिटल मैत्री निर्वाचन- अबको आवश्यकता

डिजिटल मैत्री निर्वाचन- अबको आवश्यकता

  • PNN Times
  • बुधवार, मंसिर ७ २०७९


  • डिजिटल मैत्री निर्वाचन- अबको आवश्यकता
    ई.प्रकाश अर्याल
    देशमा संघीय,प्रादेशिक तथा स्थानिय गरि ३ वटै सरकारको आम निर्वाचन पश्चात गठन भईसकेको अवश्था रहेको छ । निर्वाचन हुनु र त्यसबाट राजनेता चुनिएर ५ वर्षका लागी सदनमा जनताका आवज बोल्ने प्रावधान  यो आफैमा अतिनै सबल पक्ष हो र यो कार्य लोकतन्त्रमा अपरिहार्य पनि छ । विश्वका प्राय सबै राष्ट्रहरुमा निर्वाचन मार्फत असल र देश विकाश गर्न योग्य राजनेता त्यहाँका नागरिकले चुनेका हुन्छन र त्यस्तै हाम्रो देशमा पनि रहेको छ ।
    निर्वाचन आयोगले यस देशको प्रत्येक ५-५ वर्षमा हुने चुनावमा ठूलो मात्रमा रकम विनियोजन गरि विभिन्न क्षेत्रहरुमा रकम खर्च गरेको पाईन्छ । जनशक्ति व्यवस्थापन, मतपत्र छपाई कार्य, ढुवानि आदि जस्ता विषयमा करवि १५ देखी २० अर्व सम्म खर्च हुने गरेको छ । तर यस किसिमको पुरानो बिधिमा रहेर निर्वाचन गर्न आजको २१ ‍औ शताव्दिमा आवश्यक नरहेको धेरैको विश्वास रहेको छ । विश्वमा भएको प्रबिधिको विकाश सँगै यस क्षेत्रमा पनि नविनतम प्रबिधिको सफल परिक्षण तथा प्रयोग समेत भैसकेको छ ।
    विश्वका विकशित राष्ट्रहरुमा आजको २१ औ शताब्दिमा Manual Voting बिधिलाई ‌कम मात्रामा प्रयोग गर्दै Digital voting प्रणालिलाई अग्र पंतिमा राख्दै आएमा छन् । सन १९९५ मा Midac Technologies कम्पनिले CyberVote सम्बन्धी कार्य गरी प्रशान्त क्षेत्रको फ्रान्सेली आणविक परीक्षणको समयमा ईन्टरनेमा आधारित web based voting system बाट निर्वाचन सम्पन्न गराएको थियो । त्यसपछि यस क्षेत्रमा प्रबिधिको पहिलो प्रयोग गरि निर्वाचन सफल रुपमा सम्पन्न गर्ने राष्ट्र अस्ट्रेलिया रहको थियो । यस राष्ट्रले सन २००१ अक्टोबरमा संघिय सरकारको निर्वाचन सम्पन्न गराएको थियो । हाल करिव २० राष्ट्रमा यसको सफल प्रयोग भईसकेको छ । यसमा United States of America, Bangladesh, Australia, Belgium आदि राष्ट्रहरुमा संघ तथा स्थानिय तहमा गरिने निर्वाचन यसैमा केन्द्रित रहेर गराईन्छ । साथै हाम्रो मित्र राष्ट्र भारतमा समेत सन २००४ मा यसको प्रयोग भएको थियो ।
      अब यस किसिमको प्रबिधिको प्रयोग कसरी गर्न सकिन्छ त ?
      कुनै पनि निर्वाचन क्षेत्रमा मतदान गर्ने बुधहरु एकिन गरि सोही स्थानमा Electronic Voting प्रबिधिको अर्थात Voting Machines जडान गर्न सकिन्छ । यस Machines हरुलाई आवश्यक पर्ने विद्धुत, Internet का साथै security को व्यवस्था गर्नु पर्ने जरुरी हुन्छ ।  मतदाताले सोही machines मा आफ्नो details राखी मत दिने सक्नेछन । अर्को बिधि भनेको internet voting system जहाँ नागरिकले आफ्नो घरमै बसी National Identity no. or pin no. प्रयोग गरि web-based माध्यबाट आफ्नो प्रतिनिधिलाई भोट दिन सक्छन् । यसरी प्रबिधिको प्रयोग सँगै सुरक्षाको जोखिमलाई मजबुत गर्नु पर्ने, समय समयमा यसको मर्मत साथै software update and customized गर्नु पर्ने आवश्यकता हुन्छ । यसमा सुरको समयमा Hardware तथा software installation कार्यमा खर्च देखीएता पनि हालको हाम्रो देशको निर्वाचन प्रणाली Paper Based Manual System जस्तो खर्च नहुने हुदाँ यसको प्रयोग विश्वमा बढ्दो छ ।
    समयको बचत, सानो आर्थिक लगानि, मानव संसाधनको प्रयोगमा कमी, सरलता, पारदर्शिताका साथै छिटो समयमा मतपरिणाम सार्वजानिक गराउन सक्ने प्रबिधिको प्रयोग अव यस देशमा पनि हुनुपर्ने आवश्यकता छ । यस विषयलाई नव प्रवेशि युवाहरुले  संसदमा उठाई अध्ययन गरि कार्यान्वयन गर्नु पर्नेछ ।
    (ई.प्रकाश अर्याल वालिङ नगरपालिका स्याङ्जाका सुचना प्रविधि इन्जिनियर हुन् ।)
     
     

    बुधवार, मंसिर ७ २०७९०६:३२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend