Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

वालिङलाई कृषि अनुसन्धान क्षेत्रकारुपमा विकास गरिने

वालिङलाई कृषि अनुसन्धान क्षेत्रकारुपमा विकास गरिने

  • गोपाल जिटी
  • बिहिवार, मंसिर २२ २०७९


  • वालिङलाई कृषि अनुसन्धान क्षेत्रकारुपमा विकास गरिने

    मंसिर २२, वालिङ ।
    स्याङ्जाको वालिङलाई कृषि अनुसन्धान क्षेत्रकारुपमा विकास गरिने भएको छ । वालिङ नगरपालिकाको समन्वयमा पशु तथा वन विश्वविद्यालयका विद्यार्थीहरुका लागि अनुसन्धान क्षेत्र गराइने भएको हो ।कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनसँग सम्झौता गरी वालिङलाई कृषि तथा पशु विज्ञानका विद्यार्थीहरुका लागि अध्ययन अनुसन्धान स्थलकोरुपमा विकास गरिने भएको हो । नोड युनिभर्सिटी नर्वेमा कार्यरत एशोसियट प्रोफेसर प्रभात खनालले अनुसन्धानका लागि सहजिकरण गर्नुहुने नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका वडा नम्वर १४ गहतेका प्रोफेसर खनाल विगत ४ वर्षदेखि नोड युनिभर्सिटी नर्वेमा कार्यरत हुनुहुन्छ ।
    लामो समयको अध्ययन अनुसन्धान र क्षमतालाई आफ्नो ठाउँमा प्रयोग गर्ने उद्देश्यले वालिङलाई प्राथमिकता दिएको प्रोफेसर खनालले बताउनुभयो  ।  प्रोफेसर खनालले भन्नुभयो—“पहिला हामी बाँच्नुपर्छ, बाँच्नका लागि खानुपर्छ, हामीले खाने खाना कृषिजन्य उत्पादन हो । त्यसपछि मात्र स्वास्थ्य र शिक्षालगायतका विषय आउछन् । यस कारण पनि कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिन आवस्यक छ ।”
    बाहिरी बजार र अत्याधुनिक उत्पादनको प्रयोग भन्दा स्थानीय बजारको मागलाई हेरेर गरिने व्यावसायबाट लाभ लिन सकिने प्रोफेसर खनालको भनाई छ ।
    नेपालको हावापानीमा कृषिजन्य उत्पादनबाट यथेस्ट लाभ लिन र भविष्य सुनिश्चित गर्न सकिन्छ । स्थानीय अन्नबाली तथा लेउ र जलकुम्भीको प्रयोग गरेर दाना तथा पशुपंक्षीका आहारा बनाउन सकिन्छ । यो खालको चेतना र शिक्षाको विकास गरेर स्थानीयस्तरमा दाना तथा पशु आहार बनाउने वातावरण सिर्जना गर्नुपर्छ ।अहिले आएर गुगल, युट्युवको सहायतामा पनि व्यावसायको थालनी गरेका किसानहरु छन् । योसँगै किसानसँगको प्रत्येक्ष प्रश्न र अनुभवसँग साक्षात्कार हुनु प्रभावकारी हुने प्रोफेसर खनालको धारणा छ ।अनुसन्धानका क्रममा किसानहरुसँग प्रत्येक्ष अनुभव लिनेदिने गरिन्छ । यसरी कृषि तथा पशुपालनका क्षेत्रमा गरिने खोज र अनुसन्धानले कृषि व्यावसायिकरणमा टेवा पुग्ने प्रोफेसर खनालको विश्वास छ ।उहाँका अनुसार सरकारले कृषि उत्पादनको बजारीकरणमा समन्वय गरिदिनुपर्छ । किसानहरुलाई आधुनिक कृषि प्रणालीको महत्वका बारेमा चेतना अभिवृद्धिमा विशेष ध्यान दिन आवस्यक छ । राज्यले किसानमैत्री कार्यक्रम ल्याउनुपर्छ । बढिभन्दा बढि आधुनिक प्रविधीयुक्त यान्त्रिकिकरणमा जोड दिनुपर्छ । 

    बिहिवार, मंसिर २२ २०७९०७:०९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend