Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा स्वास्थ्य कर्मचारीलाई अन्तरपालिका सरुवा गरिने 

पैयूँमा स्वास्थ्य कर्मचारीलाई अन्तरपालिका सरुवा गरिने 

  • मोहन सुनार
  • बिहिवार, मंसिर २९ २०७९


  • पैयूँमा स्वास्थ्य कर्मचारीलाई अन्तरपालिका सरुवा गरिने 

    मंसिर २९, पर्वत । पर्वतको पैयूँ गाउँपालिकमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अन्तरपालिका सरुवा गर्ने भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन स्वास्थ्य कर्मचारीलाई अन्तरपालिका सरुवा गर्ने भएको हो । 

    एउटै स्वास्थ्य क्षेत्रमा २ वर्ष सम्म कार्यारत स्वास्थ्य कर्मचारीलाई पालिका भित्र नै सरुवा गर्ने बिहिबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ । 

    images

    एउटा स्वास्थ्य संस्थामा २ वर्ष सम्म रहेर काम गरेका कर्मचारीलाई पालिका भित्रका अन्य स्वास्थ्य संस्थामा सरुवा गर्दा कार्य सम्पादनमा राम्रो नतिजा आउने भन्दै कार्यापालिका बैठकले सरुवा गर्ने निर्णय गरेको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । 

    उहाँले स्वास्थ्य कर्मचारी पछि शिक्षक र वडामा कार्यरत कर्मचारीहरुलाई समेत कम्रश पालिका भित्र आवश्यकता अनुसार सरुवा गरिने बताउनु भयो । 

    बिहिवार, मंसिर २९ २०७९०६:५५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend