पुस ८, पर्वत । पर्वतको पैयूँमा उत्पादन भएका बस्तुहरुको ब्राण्ड बनाएर बजार पठाईने भएको छ । पैयूँ गाउँपालिकाका वडा नम्बर ७ मा रहेको भोर्लेशिला महिला विकास कृषि सहकारी संस्थाको ५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्याक्ष याम कुमारीरानाले पैयूँमा उत्पादन भएको बस्तुलाई ब्राण्ड बनाउने बताउनु भएको छ।
तपाईहरुले सहकारी मार्फत उत्पादन गर्नुस उपाध्यक्ष रानाले भन्नु भयो त्यसलाई गाउँपालिकाले बजार मा लैजान सहयोग समेत गर्ने छ।
उक्त सहकारीको हाल सम्म महिलाहरुलाई काम गर्न प्रोत्साहन र अग्रसर गराएको भन्दै रानाले आगामी दिनमा थप प्रगतिको कामना गर्नुभयो ।

साथै उपाध्यक्ष रानाले आगामी दिन मा सात वटै वडामा सहकारी स्थापना गरी सबैलाई काम गर्नमा जोड़ दिने बताउनु भयो ।
साथै कार्यक्रममा सभामा पैयूँ गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष निर्भीक नारायण भुर्तेल, वडा नम्बर ६ का वडा अध्यक्ष गंगाअधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष तोयानाथ शर्मा र गाउँपालिकाका शहकारी शाखा प्रमुख युवराज सुवेदी लगायतले संस्थाको प्रगतिको कामना सहित आफ्ना कुरा राख्नु भएको थियो ।
कार्यक्रममा सहकारीको सेयर सदस्य एंव उत्कृष्ट किसान बालकुमारी सापकोटालाई सहकारीले हौषला स्वरुप १५ सय नगद पुरस्कारसमते प्रदान गरेको छ ।