Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा नमुना बसपार्क बन्ने 

वालिङमा नमुना बसपार्क बन्ने 

  • सन्देश भण्डारी
  • शुक्रवार, पौष १५ २०७९


  • वालिङमा नमुना बसपार्क बन्ने 
    पौष १५,वालिङ । व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो ।
    देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो ।सावारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ ।नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा  वालिङ नगरपालिकाको १० प्रतिशत  लगानीमा डीपीआर तयार भएको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।वालिङमा बसपार्क नहुँदा लामो तथा छोटो दुरीका सवारी साधनहरु व्यवस्थित रुपमा पार्किङ गर्न नपाउने समस्या अब छिटै समाधान हुने नगरप्रमुख खाँणको भनाई छ । उहाँले भन्नुभयो–‘वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठुला,मझौला तथा साना सवारी साधनहरुको पार्किङको समस्या अब समाधान हुन्छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु बाटो छेउ,निजी जग्गा वा अन्यत्र कहीँ पार्किङ गर्नु पर्दैन ।’
    बसपार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपुरक योजनाका रुपमा अघि बढाइने नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । उपप्रमुख तिवारीका अनुसार पब्लिक–प्राइभेट पार्टनरसीप(पीपीपी) मोडेलमा बसपार्क निर्माणको काम हुनेछ,तर यसबारेमा कार्यपालिकाको निर्णयलाई आधार मानिनेछ ।
    नमुना बसपार्कको टर्मिनल भवन,घेरा पर्खाल,वर्कशप,आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ । निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ । जीप,मिनीबस,माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरु २० वटा अटाउनेछन् । 
     
    यस्तो बन्नेछ वालिङ बसपार्क
    Presentation_27.12.2022_page-0025.jpg
    Presentation_27.12.2022_page-0024.jpg
    Presentation_27.12.2022_page-0023.jpg

    शुक्रवार, पौष १५ २०७९०९:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend