पुस २५, पर्वत । पर्वतको पैयूँमा विद्यालय स्तरिय स्वास्थ्य शिविर सुरु गरिएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ५ ले वडा भित्ररहेका विद्यालयहरुका विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर सुरु गरेको हो ।
शिविरमा विद्यार्थीहरुको आँखा, तौल,उचाई, बल्ड ग्रुप लगायत शारिरीक परिक्षण गरिएको पैयूँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवी प्रसाद भुर्तेलले जानकारी दिनु भयो ।
वडा भित्र रहेका सबै विद्यालयमा अध्ययनरत छात्र छात्राको स्वास्थ्य अवस्थाको जानकारीको लिने उद्देश्यका साथ सोमबार वानीडाडा प्राविबाट शिविर सञ्चालन सुरु गरेको पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले बताउनु भयो । कुनै पनि व्यक्ति पहिला स्वास्थ्य रहन आवश्यक छ अध्यक्ष भुर्तेलले भन्नुभयो त्यसकारण विद्यार्थीहरुको स्वास्थ्य अवस्था बुझ्न शिविरको आयोजना गरेका हौ ।

विद्यालयमै स्वास्थ्यकर्मी सहित स्वास्थ्य शिविर सञ्चालन गरेपछि विद्यार्थीहरुले सहज रुपमा स्वास्थ्य जाँच गर्न पाउने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने अवसर पाएका छन ।


