पौष २९, पर्वत । पर्वतको पैयूँमा विद्यालय स्तरिय स्वास्थ्य शिविर सम्पन्न भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ५ ले वडा भित्र रहेका विद्यालयहरुका विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि सुरु गरेको स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा विद्यार्थीहरुको आँखा, तौल,उचाई, बल्ड ग्रुप लगायत शारिरीक परिक्षण गरिएको थियो ।
वडा भित्र रहेका सबै विद्यालयमा अध्ययनरत छात्र छात्राको स्वास्थ्य अवस्थाको जानकारी लिने उद्देश्यका साथ सोमबार वानीडाडा प्रावि बाट शिविर सञ्चालन सुरु भएको हो । शिविरको समापन गर्दै प्रमुख अतिथि एंव पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकु्रीले स्वास्थ्य शिविरले विद्यार्थीहरुमा लाभ मिलेको विश्वास व्यक्त गर्नु भयो ।

अध्यक्ष मल्लले आगामी दिनहरुमा पालिकाले पनि पालिका भित्रका सबै विद्यालयहरुमा स्वास्थ्य शिविर संगै शैक्षिक गुणस्तरमा समेत बृद्धि गर्ने बताउनु भयो । कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले विद्यालयमा हुने यस्ता शिविरले शिक्षा संगै स्वास्थ्यमा समेत ध्यान दिनु पर्नेमा जोड दिने बताउनु भयो ।
‘कुनै पनि व्यक्ति पहिला स्वास्थ्य रहन आवश्यक छ’ वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले भन्नुभयो ‘त्यसकारण विद्यार्थीहरुको स्वास्थ्य अवस्था बुझ्न शिविरको आयोजना गरेका हौ । ’विद्यालयमै स्वास्थ्यकर्मी सहित स्वास्थ्य शिविर सञ्चालन गरेपछि विद्यार्थीहरुले सहज रुपमा स्वास्थ्य जाँच गर्न पाउने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने अवसर पाएका छन ।
