Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

फोटो खिच्ने क्रममा झोलुङे पुल छेउबाट लडेर यूवतीको मृत्यू

फोटो खिच्ने क्रममा झोलुङे पुल छेउबाट लडेर यूवतीको मृत्यू

  • PNN Times
  • आइतवार, चैत्र ५ २०७९


  • फोटो खिच्ने क्रममा झोलुङे पुल छेउबाट लडेर यूवतीको मृत्यू

    चेत्र ५, पर्वत। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको छ ।  पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवारीको भिरमा लडेर बागलुङकी अप्सराको मृत्यु भएको हो ।

    लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् । 
    पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूदन न्यौपानेले बताउनुभयो ।

    न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा खातुनको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    आइतवार, चैत्र ५ २०७९०८:०४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend