Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

गल्याङमा प्रथम गल्याङ जेसिज रमाइलो मेला हुने

गल्याङमा प्रथम गल्याङ जेसिज रमाइलो मेला हुने

  • गोपाल जिटी
  • बुधवार, चैत्र २९ २०७९


  • गल्याङमा प्रथम गल्याङ जेसिज रमाइलो मेला हुने

    चैत्र २९,गल्याङ । स्याङ्जाको गल्याङमा जेसिज रमाइलो मेला हुने भएको छ । यही चैत्र ३० देखि वैशाख ९ गतेसम्म हुने प्रथम गल्याङ जेसिज रमाइलो मेलाको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 
    “आर्थिक समृद्धिका लागि युवा अभियान” भन्ने मूल नारासहित गल्याङ जेसिजले रमाइलो मेलाको आयोजना गरेको हो ।
    विभिन्न वस्तुु तथा सेवाको एकैस्थलमा प्रदर्शनी, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, हस्तकलामा गुणात्मक सुधार गर्ने रमाइलो मेलाको उद्देश्य रहेको गल्याङ जेसिज वर्ष २०२३ का अध्यक्ष एवम् रमाइलो मेला मूल आयोजक समितिका संयोजक ऋषि बस्यालले जानकारी गराउनुभयो । यसैगरी रमाइलो मेलाका अवसरमा आधुनिक एवम् नयाँ प्रविधि, उपकरण तथा उपकरणका बारेमा कृषकहरुलाई जानकारी गराइने छ । विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, भेषभूषा, झाँकी प्रदर्शन गराई अनेकतामा एकता कायम गर्ने, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको कला प्रस्तुत गरी कला र संस्कृतिको जगेर्नालगायत मेलाको उद्देश्यमा समेटिएको छ ।दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा बाल उद्यान रमाइलो मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । यसैगरी कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी एवम् विक्रि वितरण गरिने छ । मेला अवलोकन गर्नेहरुका लागि टिकटको मूल्य रु ७० राखिएको छ भने विद्यार्थी र वृद्धहरुका लागि रु.५० लाग्ने आयोजकले जनाएको छ ।
    स्टल भाडा, बाल उद्यान, टिकट विक्रि, प्रायोजक तथा विज्ञापनबाट कूल ४२ लाख २० हजार आम्दानी गर्ने आयोजकको लक्ष्य छ । नेतृत्व र व्यक्तित्व विकाससँगै बचत भएको रकम विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्ने मेला आयोजक मूल आयोजक समिति संयोजक बस्यालको भनाई छ । 

    बुधवार, चैत्र २९ २०७९०६:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend