Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

गुल्मीमा डढेलोमा जलेका अर्का एकजनाको पनि मृत्यु

गुल्मीमा डढेलोमा जलेका अर्का एकजनाको पनि मृत्यु

  • PNN Times
  • शनिवार, बैशाख ९ २०८०


  •  वैशाख ९, गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

    डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए । 

    images

    गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

    सोही जंगलको डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । 

    शनिवार, बैशाख ९ २०८००१:५१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend