Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सिर्जनात्मक कार्य संगै विकास निर्माण अभियानमा जुटौंः समन्वय प्रमुख जिटी

सिर्जनात्मक कार्य संगै विकास निर्माण अभियानमा जुटौंः समन्वय प्रमुख जिटी

  • कला राना
  • आइतवार, बैशाख १० २०८०


  • स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ तल्लोगल्याङ स्थित खेल मैदानमा गल्याङ जेसिजद्वारा संचालित प्रथम गल्याङ जेसिज रमाइलो मेला सम्पन्न भएको छ । मेलाको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद जिटीले स्थानीय स्तरमा आयोजना गरिने यस्ता मेला महोत्सवतले यहाँको कला संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रर्वद्धनका लागी मेलाले अतुलनिय भुमिका खेल्न सफल भएको बताउनुभयो । 

    युवाहरुको एकताबाट नै यो मुलुक परिर्वतन गर्न सम्भव रहेको र युवाको एकता आजको आवश्यकता भएको बताउदै उहाँले युवाहरुको जोस र जवानीलाई सहि रुपमा प्रयोग गरेर सिर्जनात्मक,रचनात्मक , उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गल्याङ नगरपालिकाको बिकासका लागि नगर प्रमुखसँग समन्वय गरेर युवाहरुले साथ लिएर अगाडि बढन समेत आग्रह गर्नुभयो ।

    गत चैत्र ३० गते देखि संचालित मेला १० दिन सम्म चलेको थियो । मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा बाल उद्यान रमाइलो मेलाको मुख्य आकर्षण रहेको थियो। भने करिव ५० हजार दर्शकले मेलाको अबलाकन गरेको आयोजकले जनाएको छ । यसैगरी कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी एवम् विक्री वितरण गरिएको थियो । जिल्ला स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, भजनकृर्तन प्रतियोगिता, रत्यौली प्रतियोगिता समेत सम्पन्न भएका छन ।

    गल्याङ जेसिज वर्ष २०२३ का अध्यक्ष ऋषि बस्यालको अध्यक्षतामा भएकोसमापन कार्यक्रमको स्वागत मन्तव्य वर्ष २०२२का अध्यक्ष विष्णु अधिकारीले र आस्थापाठ प्रेम नारायण रेग्मीले र कार्यक्रमको सञ्चालन महासचिव ज्ञानेन्द्र पाठकले गर्नु भएको थियो ।

    images

    आइतवार, बैशाख १० २०८००७:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend