Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा आँखा तथा दन्त शिविर सम्पन्न

वालिङमा आँखा तथा दन्त शिविर सम्पन्न

  • सन्देश भण्डारी
  • शुक्रवार, बैशाख १५ २०८०


  • वालिङमा आँखा तथा दन्त शिविर सम्पन्न
     बैशाख १५,वालिङ ।
    स्याङ्जाको वालिङमा आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । वालिङ नगरपालिका वडा नं.५ जगतभञ्ज्याङमा आँखा तथा दाँत चेकजाँच शिविर सम्पन्न भएको हो । वालिङ नगरपालिकाको आयोजना तथा जिल्ला आँखा उपचार केन्द्र वालिङ र सफल डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगरउपप्रमुख कविता तिवारी गैह«ेले नागरिकको स्वास्थ्यप्रति नगरपालिका सदैव संवेदनशील रहेको बताउनुभयो ।
    उहाँले नागरिकको स्वास्थ्य सबल बनाउन नगरपालिकाले योजना बनाएर काम गरिरहेको उल्लेख गर्नुभयो । स्वस्थ नागरिकले मात्र नगरको विकासमा टेवा पु¥याउन सक्ने उल्लेख गर्दै उपप्रमुख तिवारीले सुलभ र सहज स्वास्थ्य सेवा प्रवाहमा नगरले तदारुकताका साथ काम गरेको जानकारी दिनुभयो । नगरपालिकाको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्यको सहज पहुँच नपुगेकोमा चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले बेला बेलामा शिविर तथा स्वास्थ्य जाँच टोली खटाएर स्वास्थ्य जाँच गरी आवश्यक निदान तथा उपचारको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    शिविरमा स्वास्थ्यमा जटिलता देखिएका १२ जनाको स्वास्थ्य जाँचको लागि हिलमालयन आँखा अस्पितालमा निःशूल्क रुपमा जाँचको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । शुक्रबार सम्पन्न शिविरमा २१५ जनाले आँखा जाँच गराएका छन् । त्यसै गरी शिविरमा ११५ जनाले दाँत उपचारको सेवा लिएका छन् ।
    जाँच गराएका मध्ये १२ जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले हिमालयन आँखा अस्पताल पोखरा रिफर गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो । वालिङ नगरपालिका वडा नं.५ का अध्यक्ष छवी आलेको अध्यक्षता र वडा सचिव डोलजङ्ग गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु,पूर्व गा.वि.स अध्यक्ष तथा निवर्तमान वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

    शुक्रवार, बैशाख १५ २०८०१०:०३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend