Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिकामा कित्ताकाट सुरु

वालिङ नगरपालिकामा कित्ताकाट सुरु

  • मोहन सुनार
  • मंगलवार, जेठ २ २०८०


  • वालिङ नगरपालिकामा कित्ताकाट सुरु

    जेष्ठ २,वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकामा जग्गाको कित्ताकाट सुरु भएको छ । लामो समयदेखि रोकिएको कित्ताकाट वालिङमा सुरु भएको हो । राष्ट्रिय भु –उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु,२०७९ अनुसार वालिङमा जग्गाको कित्ताकाट सुरु भएको नगरपालिकाले जनाएको छ । 
    आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।वालिङ नगरपालिकाका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको सुचनामा उल्लेख छ । नगरपालिकाका वडा नं.६,८,९,१० र १३ मा कित्ताकाट सुरु भएको हो । 
    जारी सुचनाअनुसार कित्ताकाट भएका वडाका नागरिकहरुले वर्गीकरण गरी सम्बन्धित कार्यालयमा पठाइसकिएको छ । कित्ताकाट गरिएका वडाका नागरिकहरुले स्रेस्ता कायम गर्नुपर्ने भएमा  सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ । 

    मंगलवार, जेठ २ २०८०१२:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend