जेष्ठ ७,वालिङ ।
शुभयात्रा संस्थाको आठौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । स्याङ्जाको वालिङमा आइतबार सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः मधुसुदन गैहे«लाई चयन गरेको छ । आगामी ४ वर्षे कार्यकालका लागि गैहे«को अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सुनिता काफ्ले ( काठमाडौं ), सचिवः दीपक लम्साल ( स्याङ्जा ), कोषाध्यक्ष रत्ना कँडेल, ( रुपन्देही ) रहेका छन् । यसैगरी सदस्यमा दिपेन्द्र गैहे«, धु्रव शर्मा, सीता गैहे«, श्रवण ढुङ्गाना लगायत ११ सदस्यीय केन्द्रीय समिति अधिवेशनबाट चयन भएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै आचार्य श्री जयकेशरीज्यूले संस्थाको उद्देश्य अनुरुप कालीगण्डकी क्षेत्रको प्रचार प्रसार गर्न सकेको खण्डमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले संस्थालाई आर्थिक, सामाजिक, सांस्कृतिकका साथै आध्यात्मिक क्षेत्रमा विकास गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । आध्यात्मिक क्षेत्रको विकास नगरी राष्ट्रिय विकास हुन नसक्ने र राष्ट्रिय विकास नभएमा राष्ट्र नै नरहने उहाँको भनाई छ ।

२०५४ सालमा स्थापना भएको संस्थाले आठौं केन्द्रीय अधिवेशन सम्पन्न गरेको हो । संस्थाले काठमाडौं, कास्की, रुपन्देही, पाल्पा र स्याङ्जालगायतका जिल्लाहरुमा संगठन विस्तार गरेको नवनिर्वाचित अध्यक्ष गैहे«ले जानकारी गराउनुभयो ।