Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ–५ को सार्वजनिक सुनुवाई सम्पन्न 

पैयूँ–५ को सार्वजनिक सुनुवाई सम्पन्न 

  • मोहन सुनार
  • मंगलवार, जेठ ९ २०८०


  • पैयूँ–५ को सार्वजनिक सुनुवाई सम्पन्न 

    जेष्ठ ९,पर्वत ।
    पर्वतको पैयूँ गाउँपालिका वडा नं. ५ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सोमबार वडा कार्यालय परिसर चिसापानीमा आ.व.२०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं.५ ले चालु आ.व.को अवधिमा प्रदान गरेका सेवा तथा नीति,योजनाहरुको विषयमा वडा नं.५ का अध्यक्ष निर्भीक नारायण भुर्तेलले प्रकाश पार्नुभएको थियो ।
    चालु आ.व.मा गाउँपालिकाबाट उपलब्ध कुल ६५ लाख बजेटबाट पूर्वाधार विकास, खानेपानी,सडक मर्मत तथा सामाजिक विकास लगायतका कार्यक्रमहरु गरी ३८ वटा योजनाहरु निर्माण गरिएको वडा अध्यक्ष भुर्तेलले जानकारी दिनुभएको थियो ।चालु आ.व.मा सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिँदै  अध्यक्ष भुर्तेलले आगामी आर्थिक वर्षमा नागरिकका माग र आवश्यकतालाई मध्यनजर गरेर ठोस योजना बनाइने स्पष्ट पार्नुभयो ।

    yyy.JPG

    images

    कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले समृद्ध पैयूँ निर्माणको लागि नागरिकको सहभागिता अपरिहार्य रहेको बताउँदै योजना निर्माण तथा कार्यन्वयनमा पनि उत्साहपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले सीमित आयस्रोतमा नागरिकका आवश्यकताहरुलाई एकैसाथ पूरा गर्न असमर्थ रहेको बताउनुभयो ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले चालु आ.व.मा पालिकाले बनाएका योजनाहरु धेरैमात्रामा कार्यान्वयन भएको उल्लेख गर्नुभयो ।

    IMG_9569.JPG

    उहाँले पालिकामा सञ्चालित योजनाहरुमा उपाभोक्ता समितिबाट भैरहेका कामहरु तथा ठेक्का प्रक्रियाबाट भैरहेका कामहरुको विषयमा गुनासो नआएकोमा खुसी व्यक्त गर्नुभयो ।

     

    IMG_9501.JPG

    ‘उपभोक्ता समितिबाट भएका कामहरुमा नागरिकले कुनै गुनासो नगर्नु आफैमा सकारात्मक पाटो हो,यसबाट उपभोक्ता समितिले राम्रोसँग काम गरिरहेको छ भन्ने अर्थ हो ।’ अधिकृत लामिछानेले भन्नुभयो–‘योजनाका कामहरु पनि सुचारु रुपले चलिरहेका छन् ।’

    IMG_9549.JPG

    सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले राखेका विकास निर्माण, सामाजिक चेतना,वडाको शैक्षिक विकास तथा अन्य विषयका जिज्ञासाहरुको वडा अध्यक्ष निर्भीक नरायण भुर्तेल,गाउँपालिका उपाध्यक्ष याम कुमारी राना तथा प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जवाफ दिएका थिए ।


    मंगलवार, जेठ ९ २०८००३:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend