Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निमित्त मेडिकल सुपरिन्टेण्डेण्टको भरमा रामपुर अस्पताल, भएन कर्मचारी व्यवस्थापन

निमित्त मेडिकल सुपरिन्टेण्डेण्टको भरमा रामपुर अस्पताल, भएन कर्मचारी व्यवस्थापन

  • गोपाल जिटी
  • बिहिवार, जेठ ११ २०८०


  • निमित्त मेडिकल सुपरिन्टेण्डेण्टको भरमा  रामपुर अस्पताल, भएन कर्मचारी व्यवस्थापन

    पूर्वी पाल्पाको रामपुरमा ५० शैयाको भौतिक सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । संघीय इकाई आयोजना अन्तर्गत भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न गरेर २०७९ चैत्र २८ गते रामपुर अस्पताल हस्तान्तरण भएको हो ।
    अस्पताल सञ्चालन भएसँगै रामपुर तथा आसपासका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्राप्त हुनेमा आशावादी बनाएको छ । तर आवस्यक चिकित्सकको अभावले भनेजस्तो सेवा दिन भने सकेको छैन । निमित्त मेडिकल सुपरिन्टेण्डेण्टबाट  चलाइएको भरमा अस्पताल चलाइएको छ ।७० रोपनी क्षेत्रफल ओगटेको अस्पताल भौतिक सुविधा सम्पन्न सफा र आकर्षक देखिन्छ । भौतिक संरचना मात्र ठुलो कुरा होइन, गुणस्तरीय सेवा आजको आवस्यकता हो । अस्पताल सञ्चालनका लागि स्वास्थ्य विभागले आफ्नो मापदण्ड तय गरेको छ । गुणस्तरीय सेवा दिन सकिएन भने मापदण्डले मात्र अर्थ राख्दैन । स्वास्थ्य सेवाको पहुँच नागरिकसम्म पुर्याउने राज्यको नीति व्यवस्थापन गर्न नसक्दा फितलो भएको रामपुर अस्पतालमा देखिन्छ । स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा व्यवस्थापन फितलो हुँदा नागरिकहरु प्रत्येक्ष मारमा परिरहेका छन् ।
    यो अस्पताल बनेसँगै  रामपुर तथा आसपासका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्राप्त हुनेमा आशावादी बनाएको अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिन्टेण्डेण्टबाट डा. विजय परियार बताउनुहुन्छ । रामपुर अस्पतालबाट पूर्वी पाल्पाकासाथै स्याङ्जाको दक्षिणी भेग प्रत्येक्ष लाभान्वित हुनेछन् ।
    अस्पतालमा १४ जना चिकित्सक हुनुपर्नेमा जम्मा ६ जना मात्र सेवारत छन् । यो हिसावले थप ८ जना चिकित्सक आवस्यक देखिन्छ । सरकारले १ जनाको मात्र आवस्यकता खुलाएको अस्पतालका निमित्त मेडकल अधिकृत डा. परियारको दुखेसो छ । ठूलो शहरबाट विमुख रहेको रामपुरका लागि सरकारले करार खुलाउन पनि चासो नदिएको डा. परियारको भनाई छ । ५० शैयाको अस्पतालका लागि आवस्यक भौतिक संरचना र उपकरण उपलव्ध भएर पनि डाक्टरको अभावले सेवा दिन नसकिएको डा. परियार बताउनुहुन्छ ।  
    एक निर्वाचन क्षेत्र एक अस्पताल अन्तर्गत पहिलो चरणमा २०५१ सालमा यो अस्पताल स्थापना भएको हो । तीन शैयाबाट सुरु भएको अस्पताल क्रमिकरुपमा १५, २५ हुँदै अहिले ५० शैयामा सञ्चालनमा ल्याइएको हो । २०७६ सम्म नगरपालिका मार्फत बजेट आउने गर्दथ्यो, २०७७ देखि सरकारबाट सिधै व्यवस्थापन गर्न लागिएको हो । दरवन्दी अनुसार कर्मचारी नहुँनु अस्पतालको मुख्य समस्या भएको डा. परियारले भन्नुभयो । डा. परियारका अनुुसार अस्पतालमा ओपिडी र स्वास्थ्य बीमासमेत गर्दा दैनिक ५ सयको अनुपातमा विरामीहरु आउने गर्दछन् । रामपुरलाई दुर्गमकारुपमा हेरिनु र सरकारले पनि चिकित्सकलाई अनिवार्य सेवामा खटाउन नसक्नुले नागरिकहरु मर्कामा परेका डा. परियारको धारणा छ ।
    सेवाग्राहीहरु अस्पतालबाट आशावादी छन्, हामीले सेवा दिन सकेका छैनौं डा. परियारले भन्नुभयो—भनेजस्तो सेवा दिन नसक्दा सेवाग्राही टाढाको अस्पताल धाउन वाध्य हुँदा महँगो स्वास्थ्य सेवा लिन बाध्यहुने देखिन्छ । भौतिक संरचना छ, उपकणहरु छन् तर चिकित्सकहरुको कमिले सेवादिन सकिएको छैन । सरकारले जिम्मेवारीपूर्ण व्यवस्थापन गर्न नसकेकै कारण नागरिकहरु महँगो स्वास्थ्य उपचारको मारमा पर्ने गरेको डा. परियारको भनाई छ ।
    रामपुर अस्पतालमा ओपिडी सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, एक्सरे तथा भिडियो एक्सरे, विरामी भर्ना, अपरेसन सेवा, गर्भवती परीक्षण, खोप सेवा, पोष्टमार्टम सेवा, फिजियोथेरापी, दन्त सेवा तथा आफ्नै फार्मेसी रहेको छ ।देशमा संघीय, प्रदेश र स्थानीय गरी तीनतहको सरकार छ । नागरिकहरुसँग प्रत्येक्ष साक्षात्कार हुने स्थानीय सरकार हो । आफ्नो पालिकाभित्रका विभिन्न अङ्गको व्यवस्थापनको लागि भूमिका वहन गर्नु सम्बन्धित पालिकाको पनि दायित्व हो । स्थानीय सरकार अन्तर्गत रामपुर नगरपालिकाद्वारा सम्बन्धित निकायलाई खबरदारी गर्न र भूमिका निभाउन हुन नसकेको देखिन्छ ।

    बिहिवार, जेठ ११ २०८००१:५९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend