Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ जेसिजद्वारा भित्तेपात्रो विमोचन 

वालिङ जेसिजद्वारा भित्तेपात्रो विमोचन 

  • मोहन सुनार
  • बिहिवार, जेठ ११ २०८०


  • वालिङ जेसिजद्वारा भित्तेपात्रो विमोचन 

    जेष्ठ ११,वालिङ ।
    वालिङ जेसिजले २०८० सालको भित्तेपात्रो विमोचन गरेको छ । 
    क्लवले तयार पारेको भित्तेपात्रो बिहिबार विमोचन गरिएको हो । राष्ट्रिय उपाध्यक्षको शाखा भेटघाट कार्यक्रममा नयाँ भित्तेपात्रो विमोचन गरिएको हो । 
    भित्तेपात्रो विमोचन गर्दै नेपाल जेसिजका उपाध्यक्ष चन्द्रमणी भुसालले जेसिज अभियानले व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । युवावर्गको विकासले समाज तथा देशको अवस्था परिवर्तन गर्न सकिने उल्लेख गर्दै भुसालले जेसिजले आयोजना गरेका धेरै कार्यक्रमहरु युवा लक्षित हुने उल्लेख गर्नुभयो ।


    उपाध्यक्ष भुसालले शासन विधिको हुनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार सबलीकरणको लागि जेसिजले तालिम,गोष्ठी,सेमिनार लगायतका कार्यक्रमहरु आयोजना गरी सहयोग गरेको जानकारी दिनुभयो ।
    भेटघाट कार्यक्रममा वालिङ जेसिज वर्ष २०२३ का अध्यक्ष मणी प्रसाद अर्यालले वालिङ जेसिजले व्यक्तित्व र समाज परिवर्तनका लागि कामहरु गरेको जानकारी दिनुभयो ।
    उहाँले वालिङ जेसिजले केही समय अगाडि वालिङ नगरपालिकाका जनप्रतिनिधिहरुको लागि संसदीय अभ्यास प्रणालीको विकास सन्दर्भमा तालिम प्रदान गरिएको उल्लेख गर्नुभयो । 

    images

    बिहिवार, जेठ ११ २०८००६:०९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend