Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिका र वालिङ जेसीजको संयुक्त आयोजनमा विश्व वातारण दिबस मनाइयो 

वालिङ नगरपालिका र वालिङ जेसीजको संयुक्त आयोजनमा विश्व वातारण दिबस मनाइयो 

  • सन्देश भण्डारी
  • सोमवार, जेठ २२ २०८०


  • वालिङ नगरपालिका र वालिङ जेसीजको संयुक्त आयोजनमा विश्व वातारण दिबस मनाइयो 

    जेष्ठ २२, वालिङ ।
    संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै वालिङ नगरपालिका र वालिङ जेसीजको आयोजनामा र UNDP नेपाल ग्लोबल प्रा.लि.वालविद्या विकास मा.वि.को सहयोगमा  प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ प्रभातफेरी र प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ । बालविद्या विकास मा.वि वालिङ बाट शुरु भएको प्रभातफेरी कार्यक्रम वालिङ नगरपालिकाका सभाहलमा प्रबचन सहित सम्पन्न भएको थियो । 

    image1.jpg
    प्रबचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले मानिसहरुको आवश्यकता र आकाङ्क्षा वृद्धि हुँदा प्रकृतिको दोहोनले विश्वव्यापी जलवायु परिर्वतन जैविक विविधताको ह्रासका साथै अत्याधिक प्रदुषणको चुनौती रहेको बताउदै त्यसका लागि आफ्नो घर वरपर वातावरण सफा राख्दै वन,बनस्पती,कृषि तथा जीवहरुको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उँहाको भनाइ रहेको थियो ।वालिङ नगरपालिकाका नगर उप–प्रमुख कविता तिवारी गैह्रेले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सुचना प्रविधिबाट सन्तुलन कायम राख्न सवै प्रतिबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
    कार्यक्रममा बोल्दै वालिङ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी मणि प्रसाद अर्यालले वातावरण संरक्षणका लागि नेपालमा राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले  वालिङ जेसिज सामाजिक कार्यक्रमहरुमा सहयोगीको भुमिका खेल्ने र आवश्यताका आधारमा जनचेतनामुलक कार्यक्रमहरु गर्न वालिङ जेसीजले सहयोग गर्ने बताउदै अवका दिनमा यस्ता कार्यक्रम गर्नका लागि नगरपालिकाले आवश्यता हेरि बजेट विनियोगन गरिदिन पनि आग्रह गर्नुभएको थियो । 


    images

    सोमवार, जेठ २२ २०८००६:०७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend