जेष्ठ २४,वालिङ । स्याङ्जाको वालिङमा लैंङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशिकरण ‘जेडसि’ मुल प्रवाहीकरणको अभ्यास, उपलब्धी चुनौती तथा समाधान सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । दलित महिला केन्द्रको समन्वय वालिङ नगरपालिकाको आयोजना र स्थानीय सरकार सबलीकरण अष्टे«लियन एड, द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।
वालिङ नगरपालिकाले लैंङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशिकरण २०७८ सम्बन्धी नीति बनाएर अहिले कार्यान्वयनमा गरिरहेको छ ।
स्थानीय तहको बजेट तथा कार्यक्रममा लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरणको अभ्यास कस्तो भईरहेको छ, कार्यान्वयन पक्ष कस्तो छ भन्ने विषयमा जनप्रतिनिधिबीच छलफल भएको हो । विभिन्न चरणमा गरिएको यस्ता छलफल कार्यक्रममा जेडसिको यो नितिले स्थानीय तह संचालन तथा जनप्रतिनिधिहरुलाई आफ्नो कार्यबोध गराएको भन्दै यसलाई अझै सशक्त रुपमा अगाडि बढाईने सहभागिले बताएका छन् ।
कार्यक्रममा जेडसि नितिको कार्यान्वयनको अवस्थाका बारेमा जनप्रतिनिधिहरुले समुहगत रुपमा छलफल तथा प्रस्तुतिकरण गरेका छन् । नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु तथा सदस्य, र साखाप्रमुखहको सहभागिता रहेको कार्यक्रममा १४ वटै वडामा महिला उपभोक्ता समिति निर्माण गरी महिलाहरुलाई सक्रिय बनाउन आगामि नितिमा समावेश गर्नुपर्ने सहभागिले बताएका छन् ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले नगरको विकासका लागी यस्ता सहयोगी संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै आगामी बजेटलाई अझै प्रभावकारीतामा जोड दिईने बताउनुभयो । कार्यक्रममा निर्वतमान गरप्रमुख दिलिपप्रताप खांणले बजेट निर्माण तथा कार्यन्वयनका लागी भिजन, मिसनका साथ अगाडि बढेमा गोल प्राप्त गर्न सकिने भन्दै काम बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उपभोक्ता समितिलाई प्राथामिकतामा राखी जनउत्तरदायी तथा प्रयोगात्मक रुपमा लाग्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले महिला र पुरुषबीच विभेद रहेको भन्दै राज्यले लक्षित वर्गलाई जति बजेट विनियोजन गर्नुपर्ने हो त्यति नभएको बताउँदै लक्षित वर्गको लागी ल्याईएको बजेट उनीहरुको हितका लागी प्रयोग नभएको पाईएको बताउनुभयो ।
कार्यक्रममा द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोज पुर्ण परियारले फाउण्डेसनले स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरुलाई कार्यबोधप्रति उत्तरदायी बनाउन यस्ता खालका कार्यक्रम विगतदेखि गर्दै आएको बताउनुभयो ।
कार्यक्रम उपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन दलित महिला केन्द्रकी राधा नेपालीले संचालन गर्नुभएको थियो । उपप्रमुख तिवारीले जेडसिले यहाँको पहिचान व्यवस्थापनका लागी महत्वपुर्ण भुमिका खेलेको भन्दै विकास निर्माणका काममा महिलाहरुलाई प्रथामिकता दिने बताउनुभयो ।