Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डस्टविन वितरण

वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डस्टविन वितरण

  • गोपाल जिटी
  • शनिवार, आषाढ २ २०८०


  • वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डस्टविन वितरण

    जेठ २,वालिङ ।

    स्याङ्जाको वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डष्टविन वितरण गरिएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ स्थित भीमटारी सामुदायिक सिकाई केन्द्रले वडाका टोेल विकास संस्था तथा क्लवहरुलाई स्वास्थ्य प्रशिक्षण तथा डष्टविन वितरण गरेको हो ।
    कार्यक्रममा डष्टविन वितरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँडले परिवारका प्रत्येक सदस्यले आँफूले गरेको फोहर आँफै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । हामीले आँफूले गरेका फोहर अरुलाई गर्न लगाएर होइन आँफैले व्यवस्थापन गरेर मात्र व्यवस्थित हुने उल्लेख गर्नुभयो । जबसम्म नगरवासी सचेत हुन सक्दैनन् तवसम्म सरसफाई हुन नसक्ने उहाँको भनाई छ । सबैभन्दा पहिला हामी आँफै सचेत हुनुपर्छ  र मात्र सरसफाई व्यवस्थापनमा सफलता मिल्छ ।
    २०६७ सालदेखि सर्वदलीय संयन्त्रले सुरु गरेको वालिङको सरसफाई व्यवस्थापन कार्यक्रमले देश तथा विदेशमा चर्चा पाएको नगर प्रमुख खाँडल उल्लेख गर्नुभयो । यो मुलुक यो ठाउँसम्म आउनुमा महिलाहरुको अहम भूमिका छ । कतिपय पुरुषबाट विगारिएका कामहरु महिलाले सुधारेका उदाहरणहरु धेरै छन् । सरसफाई व्यवस्थापनमा पनि महिलाहरु धेरै अगाडि छन् । प्रत्येक टोलमा आमाहरुसँगै हामी सबै सरसफाईमा लाग्न सक्यौं भने सफलता मिल्ने नगर प्रमुख खाँडले औंल्याउनुभयो । समाज र देश विकासका लागि हामी सबै शिक्षित हुन आवस्यक छ । सबैभन्दा पहिला आमाहरु शिक्षित हुनुपर्छ र आमाहरुलाई शिक्षित बनाउन हामी सबैले सहयोग गर्नुपर्छ । आमा शिक्षित हुँदा घर परिवार, समाज र समग्र देश शिक्षित हुने कुरा मनन गर्नुपर्ने उहाँको भनाई छ । समाज विकासमा सरसफाईले ठूलो महत्व राख्दछ । हरेक राम्रो काम बालबालिकाहरुबाट थालनी गर्नुपर्दछ । सरसफाई व्यवस्थापनमा पनि बालबालिकाहरुलाई सानैदेखि सिकायौं भने हाम्रो घर परिवार समाज सरसफाई हुने नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो ।
    कार्यक्रममा ३३ थान डष्टविन वितरण गरिएको थियो । वडाका २५ टोल विकास संस्था र ८ वडा क्लव गरी ३३ वटा डष्टविन वितरण गरिएको हो । 

    शनिवार, आषाढ २ २०८००७:२१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend