Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बजार अनुगमन

वालिङमा बजार अनुगमन

  • सन्देश भण्डारी
  • आइतवार, आषाढ ३ २०८०


  • वालिङमा बजार अनुगमन

    जेष्ठ ३,वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकामा बजार अनुगमन गरिएको छ ।नगरपालिकाको वडा नं.८,९ र १०को मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको हो । वालिङको मुख्य बजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई  व्यवस्थित रुपमा राख्न नगर उपप्रमुख कविता तिवारी गैह«ेको संयोजकत्वमा अनुगमन गरिएको हो । 
    इलाका प्रशासन कार्यालय,वालिङ, वडा प्रहरी कार्यालय,वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापन सम्बन्धमा अनुगमन गरिएको हो । अनुगमन गर्दै नगर उप प्रमुख तिवारी गैह«ेले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    उहाँले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुमगन गरेको उल्लेख गर्नुभयो । उपप्रमुख तिवारी गैह«ेले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रीहरुलाई असहज हुनुका साथै सवारी आवागमनमा सहजता नभएको हुँदा अव्यवस्थित रुपमा सामान नराख्न अनुरोध गर्नु भयो । बजारको सुन्दरता, अस्वस्थ प्रतिस्पर्धा र सडक दुर्घटनाको जोखिम न्युनिकरणमा सबैको सहयोग आवश्यक रहेको उपप्रमुख तिवारी गैह«ेले जोड दिनुभयो ।
    अनुगमनको पहिलो चरणमा प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराईएको नगरपालिकाले जनाएको छ ।  
    अनुगमनको क्रममा नगरपालिकाले जारी गरेको बजार व्यवस्थापन सम्बन्धी सुचना  अवज्ञा गरेको पाइएमा २० प्रतिशत जरिवाना गरिने तथा पटक पटक अवज्ञा गरिएको पाइएमा समान जफत गरिने पनि नगरपालिकाले जनाएको छ । 

    images

    आइतवार, आषाढ ३ २०८००६:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend