Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

वालिङमा विद्यार्थीका लागि आधारभूत पत्रकारिता सम्बन्धी अभिमुखीकरण

वालिङमा विद्यार्थीका लागि आधारभूत पत्रकारिता सम्बन्धी अभिमुखीकरण

  • गोपाल जिटी
  • शुक्रवार, आषाढ १५ २०८०


  • वालिङमा विद्यार्थीका लागि आधारभूत पत्रकारिता सम्बन्धी अभिमुखीकरण
    असार १५ वालिङ ।
    स्याङ्जाको वालिङमा आधारभूत पत्रकारिता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । वालिङ टलिभीजनको सहजिकरणमा सञ्चालन भएको कार्यक्रम वालिङ नगरपालिकाले आयोजना गरेको हो । वालिङ नगरभित्रका माध्यिमिक विद्यालयका विद्यार्थीहरुलाई आधारभूत पत्रकारिता तथा अभिमुखीकरण तालीम प्रदान गरिएको हो । 
    दुईदिनसम्म चल्ने तालिमको शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले प्लस टू अध्यनरत विद्यार्थीका लागि अभिमुखीकरणसहित तालीमको आयोजना गरिएको बताउनुभयो ।
    नगर उपप्रमुख गैहे«ले सकारात्मक सोंचसहित सुचना सम्प्रेसण गर्नु आजको आवस्यकता भएको बताउनुभयो । समाज रुपान्तरणमा पत्रकारिताको अहम भूमिका रहनेहुँदा सकारात्मक सोंचसहित सूचना सम्प्रेसणमा लाग्नुपर्ने उहाँले औंल्याउनुभयो । पत्रकारिताको बजार ठूलो भएकाले यसबाट स्वरोजगार बन्न सकिने उप प्रमुख गैहे«ले उल्लेख गर्नुभयो ।
    पढ्दै कमाउँदै कार्यक्रम ल्याईएको उल्लेख गर्दै उपप्रमुख तिवारीले पत्रकारिता संँगै अध्ययनलाई पनि अगाडि बढ्न सक्ने भएकाले यो कार्यक्रम गरिएको बताउनुभयो । नगरपालिकाले विद्यार्थीलाई जीवन उपयोगी अतिरिक्त क्रियाकलापमा समेत अग्रसर बनाउनको लागि विद्यार्थीलाई पनि सिपमूलक तालीम दिएर पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाईने उहाँले जनाउनुभयो ।

    शुक्रवार, आषाढ १५ २०८००९:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend