२५ असार ।
स्याङ्जाको चापाकोट नगरपालिकाले परिश्रमी किसानको हात र खेति हेरेर अनुदानमा उपकरण उपलव्ध गराएको छ । नगरपालिकाले स्थानीय संगम कृषि तथा पशुपालन सहकारी संस्थासँगको साझेदारीमा किसानहरुलाई अनुदानमा मिनी टिलर प्रदान गरेको हो । पहिला नपाएका र व्यावसायिकरुपमा काम गर्दै आएका किसानहरुको छनौटगरी मिनी टिलर टे«क्टर प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख देवबहादुर खाँड “ईश्वर” को परिकल्पना अनुसार अध्ययन अवलोकन र निरीक्षणगरी अनुदान नपाएका र निरन्तर कृषि पेशा गर्दै आएका किसानको पहिचान गरी मिनी टिलर टे«क्टर प्रदान गरिएको पालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार किसानको हात र खेति हेरेर छनौट गरिएको हो । पालिका भित्रका किसानहरुको कृषि शाखामा सूचिकरण गरिएको छ । उनिहरु मध्येबाट छनौट गरिएको नगर प्रमुख खाँडले जानकारी दिनुभयो । स्थानीय सरकारले हेरेन, सुनेन भन्ने गुनासो धेरै आउने गर्दछ । यसलाई चिर्नका लागि यो पहिलो र नयाँ अभ्यास सुरु गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

तरकारी पकेट अन्तर्गत सशर्त बजेटबाट अनुदानको व्यवस्था गरिएको नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो । कूल ८ लाख ३ हजार बराबर मूल्यको मिनी टिलरमा ५० प्रतिशत सहकारीले साझेदारी गरेको हो । नगरपालिकाको वडा नम्वर १ का २ जना, ५ का ४ जना, ६ का ३ जना, ९ र १० का १÷१ जना गरी ११ जना किसानले अनुदानमा मिनी टिलर पाएका हुन् ।